महिलालाई निःशुल्क गलैंचा तालिम


प्रकाशित मिति :2017-02-17 14:36:42

महिला खबर

कपिलवस्तु । महिलालाई स्थानीय स्तरमै स्वरोजगार बनाउने भन्दै बुद्धवाटिका नगरपालिका बसन्तपुरमा तीन महिने गलैंचा तालिमको सुरुवात गरिएको छ । नेपाल गुडविभ फाउन्डेसनको सहयोग र स्थानीय बसन्तपुर गलैंचा उद्योगको आयोजनामा सञ्चालित सो तालिमका लागि ५० जना महिला छनौट भएका छन् ।

तालिमले स्थानीय महिलाको सीप विकास गरी उनीहरुको व्यवसायिक दक्षता बढाउने गुडविभ फाउन्डेसनका अध्यक्ष आङ लामी शेर्पाले बताउनुभयो । ‘बढ्दो बेरोजगारी हटाई स्थानीय स्तरमै महिलालाई सीप सिकाउने र उनीहरुलाई आत्मविश्वासी र क्षमतावान बनाउन तालिमले सहयोग गर्नेछ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार तालिम लिएका महिलालाइ स्थानीय गलैंचा उद्योगमा काम गर्ने व्यवस्था समेत मिलाइएको छ ।

त्यस्तै, बुद्धवाटिका नगरपालिकाका कार्यकारी अधिकृत अनन्तपाणी मरासिनीले गलैंचा बुन्ने तालिम फाइदामूलक भएको र यसको सही प्रयोग गरी महिला आयआर्जनमा लाग्नुपर्ने बताउनुभयो ।

आयोजकहरुका अनुसार तालिममा दिवा शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने छ जसले साना नानी भएका महिलालाई समेत तालिम लिन सहज हुनेछ । तालिममा सामान्य लेखपढ गर्न जान्ने महिलालाई छनौट गरिएको बसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोती बहादुर थापाले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: