विपन्न छात्रालाई सहयोग गर्न महापुराण


प्रकाशित मिति :2017-02-17 15:40:38

यमुना खनाल

सिरहा । विपन्न छात्रालाई सहयोग, छात्रावास तथा वृद्धाश्रम निर्माण गर्न आवश्यक आर्थिक सहयोग जुटाउन लहान नगरपालिकामा श्रीमदभागवत महापुराण ज्ञान सप्ताह महायज्ञको आयोजना हुने भएको छ । यहि फागुन ८ गतेदेखि सुरु हुने महापुराण ज्ञान सप्ताहको कार्यक्रम नगरपालिकामा रहेको राधाकृष्ण मन्दिरको परिसरमा हुने श्रीमद्भागवत महापुराण मूल आयोजक समितिका सह–संयोजक सुनिल महतोले जानकारी दिनुभयो ।

‘आर्थिक अवस्था कमजोर भएका परिवारमा छोरीलाई पढाउनेतर्फ परिवारले चासो नदेखाउने हँुदा जेहेन्दार विद्यार्थी समेत पढाई लेखाईबाट वन्चित भएका छन्, तीनलाई सहयोग गर्न र छात्रावास निर्माण गर्न महायज्ञको आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार छात्रावास निर्माण भएपछि पढ्ने इच्छा भएका किशोरी तथा महिलाको उच्च शिक्षामा पहुँच बढ्नेछ ।

आयोजकहरुका अनुसार महायज्ञको आम्दानीबाट परिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुको आश्रयका लागि वृद्धाआश्रम समेत निर्माण गरिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: