गाउँमै वर्थिङ सेन्टर


प्रकाशित मिति :2017-02-17 16:48:30

विदुर आचार्य

सिन्धुपाल्चोक । जिल्लाको फुल्पिङकोटमा वर्थिङ सेन्टर खुलेको छ । वर्थिङ सेन्टर खुलेसँगै गाउँका महिलालाई सुत्केरी हुँदा टाढासम्म पुग्नुपर्ने समस्या पनि हटेको छ ।

‘अब गाउँका बुहारीहरुलाई सुत्केरी गराउन सहज हुने भयो,’ स्थानीय स्वस्थानी कार्कीले भन्नुभयो, ‘वर्थिङ सेन्टरको जरुरत पहिलेनै थियो, अब ढुक्क भईयो ।’ उहाँले सुत्केरी गराउन सदरमुकाम चौतारा वा धुलिखेलसम्म जानु परेको बताउँदै घरछेउमै सेवा उपलब्ध भएकोमा खुसी मान्नुभयो ।

‘सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेमा अब हामी विश्वस्त छौं ।’ स्थानीय यमुना भण्डारीले भन्नुभयो । गाउँमै सुत्केरी गराउँदा गाँउलेलाई सहयोग पुग्ने र मातृ तथा शिशु मृत्युदरमा कमी आउने उहाँको विश्वास छ ।

यसैगरि, सुत्केरी अवस्थामा आपतकालीन राहत पुगोस् भनी आकस्मिक कोष समेत खडा गरिएको छ । गाविसको चार स्थानमा सो कोष खडा गरिएको र सो कोषबाट सुत्केरी गराउँदा रकम खर्च गर्न मिल्ने व्यवस्था गरिएको छ ।

गाउँमा स्वास्थ्य चौकी पहिल्यै भएपनि सुत्केरी गराउने सुविधा भने थिएन ।

आमा र बच्चाको सुरक्षाको लागि वर्थिङ सेन्टरको स्थापना गरिएको जनस्वास्थ्य प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । ‘सेवा प्रवाह राम्रो भएमा आमा र बच्चाको ज्यान जोगाई मातृशिशु मृत्युदर शुन्यमा झार्ने लक्ष्य रहेको छ,’ उहाँले भन्नुभयो ।

सुत्केरी गराउन सामाग्री र जनशक्ति दुवै भएपछि सहज भएको स्वास्थ्य चौकी प्रमुख अहेव सुशीला थापाले बताउनुभयो । फुल्पिङकोटमा वर्थिङ सेन्टरसँगै स्वास्थ्यचौकी पनि निर्माण भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: