महिलाले सीप सिकेर मात्रै हुँदैनः मन्त्री खड्का


प्रकाशित मिति :2017-02-17 17:41:43

महिला खबर

काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलालाई तालिम तथा सीप सिकाएर मात्र पर्याप्त नहुने बताउनुभएको छ । ‘सीप सिकाएर मात्र हुँदैन, उनीहरुले उत्पादन गरेका सामाग्रीलाई बजारसम्म पुर्याउने काम गर्नु पनि आवश्यक छ,’ उहाँले भन्नुभयो ।

महिला अधिकारकर्मीहरुसँग आज भएको भेटमा मन्त्री खड्काले महिलाले उत्पादन गरेका सामाग्रीको बजारलाई जोड्न राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याइएको बताउनुभयो । ‘सीप सिकाएर मात्र होइन, सीप सिकाएपछि बाटोे देखाउने काम पनि गर्नुपर्छ, बाटो खनेपछि जुन ड्राईभरले गाडी चलाएपनि हुन्छ,’ मन्त्री खड्काले भन्नुभयो ।

सो अवसरमा महिला अधिकारकर्मीहरुले सडकमा भौंतारिरहेका महिलालाई पूर्नस्थापना गर्नुपर्ने, पूर्नस्थापना केन्द्रका महिलालाई तालिम दिनुपर्ने, दलितको मानव अधिकारको सुरक्षा गर्नुपर्ने, सामाजिक सञ्जाल बन्द गर्नुपर्ने, बलात्कारको मुद्धामा सजाय बढाउनुपर्ने, वुद्धवृद्धाको सुरक्षा गर्न कानुन बन्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

उहाँले महिलामाथि हुने हिंसामा कमी ल्याउन पुरुषलाई मेरो कारणले अरुलाई दुःखी बनाईरहेको छ भन्ने कुरा बुझाउनुपर्ने बताउनुभयो । उहाँले बलात्कारमा २० वर्ष सजायको व्यवस्था गरिसकेको र एसिड आक्रमण जघन्य अपराध भएको बताउनुभयो ।

विश्वभर हरेक वर्ष अंग्रेजी महिनाको मार्च महिनामा नारी दिवस मनाइन्छ । दिवसको तयारीको लागि मन्त्री खड्काले एक महिनाको तलब दिने घोषणा समेत गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: