शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु साझा जिम्मेवारीः राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2017-02-18 14:28:43

महिला खबर 

काठमाडौं । ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ को अवसरमा राष्ट्रपति विद्या भण्डारीले  देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सबै नेपालीलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहहरुको उचित मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व भएको बताउनुभएको छ ।

सन्देशमा उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: