चार हजार बालबालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-02-19 13:22:53

विदुर आचार्य

सिन्धुपाल्चोक । ०७२ को विनासकारी भूकम्पपछि जिल्लामा ३ हजार ८ सय ८५ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । यस्तो सहयोग पाउनेमा अति जोखिममा रहेका बालबालिका रहेका जिल्ला बाल कल्याण समितिले जानकारी दिएको छ ।

भूकम्पपछि जिल्लामा पाँच हजार बालबालिकाको तथ्याङ्क संकलन गरिएको थियो । तथ्याङ्क अनुसार भूकम्पमा टुहुरा भएका, अपाङ्ग भएका, घरवार विहीन र पढाईवाट वञ्चित बालबालिकालाई पारिवारिक र शैक्षिक सहयोग सहयोग गरिएको हो ।

जिल्ला बाल कल्याण समितिका सुचना व्यवस्थापन अधिकृत रेवतीरमण नेपालले भन्नभयो, ‘आर्थिक सहयोग गत आर्थिक वर्षमा ३ हजार ३ सयलाई र बाँकीलाई यो वर्ष वितरण गरिएको छ ।’ उच्च जोखिममा रहेका ३ हजार ४ सय २४ बालबालिकालाई ५ हजार र अन्य ४६१ बालबालिकालाई ४ हजार रुपैयाँ सहयोग गरिएको नेपालले जानकारी दिनुभयो ।

भूकम्पमा अभिभावक गुमाएका, न्यून आर्थिक अवस्था भएका, अपाङ्ग भएकाहरुलाई जिल्ला बाल कल्याण समिति, सेभ द चिल्ड्रेन, प्लान नेपाल, टुकी संघ र वर्ड भिजनले संयुक्त रुपमा सहयोग गरेको हो । त्यस्तै, युनिसेभ, चाईल्ड नेपाल र शक्ति समुह पनि सहयोगको कार्यक्रममा सहभागी भएका थिए ।

भूकम्पपछि महिला र बालबालिका बढी जोखिममा परेको तथ्याङ्क छ । महिला हिंसाको घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । प्रहरीका अनुसार भुकम्पपछि २७० भन्दा बढी महिला हिंसाका घटना भएका छन् भने ललाई फकाई जिल्ला बाहिर लैजाँदै गर्दा ३ सय बालबालिका फर्काईएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: