जनता क्याम्पसको स्ववियू सभापतिमा बैजन्ती कुँवरको दाबी


प्रकाशित मिति :2017-02-19 13:47:44

शिवराज खत्री

अछाम । आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अछामको जनता क्याम्पस बयलपाटाको सभापति पदमा बैजन्ती कुँवरले उम्मेदवारी दिनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को तर्फबाट २२ वर्षीया कुँवरलाई सभापति पदको उम्मेदवार बनाउने संगठनले निर्णय गरेको छ ।

साँफेबगर नगरपालिका–११ चण्डीकाकी बैजन्ती जनता क्याम्पस बयलपाटामा बिएड तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । अछामका सात क्याम्पसमध्ये अनेरास्ववियू क्रान्तिकारीले पहिलो महिला उम्मेदवारको रुपमा बैजन्तीलाई चुनाव लडाउने निर्णय गरेको हो । अनेरास्ववियू क्रान्तिकारी अछामको पूर्व कोषाध्यक्ष तथा वर्तमान केन्द्रिय सम्मेलन आयोजक समितिको सदस्य रहेकी बैजन्तीले आफू सभापतिको बलियो दाबेदार भएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: