साईबर क्राईम सम्बन्धी कार्यशाला


प्रकाशित मिति :2017-02-19 14:05:43

सर्मिला बुढाथोकी

दोलखा । कम्प्युटर एशोसियसन महासंघ (क्यान) दोलखा शाखाले सदरमुकाम चरिकोटमा शुक्रबार साईबर क्राईम सम्बन्धि कार्यशालाको आयोजना गरेको छ ।

फेसबुक, ट्वीटर, जस्ता सामाजिक सञ्जाल प्रयोगमा सर्तकता नअपनाउँदा विशेषगरी महिलाहरु बढी पीडित बन्नु परेको भन्दै सो कार्यशालाको आयोजना गरिएको क्यान दोलखाले जनाएको छ ।

क्यान दोलखाका अध्यक्ष बिमल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यशालामा क्यानका केन्द्रीय सदस्य रेखबहादुर भण्डारीले साईबर सुरक्षा र अहिलेको चुनौति सम्बन्ध कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भण्डारीले फेसबुकमा धेरै साथी बनाउने चाहना, अनावश्यक फोटोहरु पोष्ट गर्ने बानी लगायतले साईबर क्राईमलाई बल पुगेको बताउनुभयो । उहाँले फेसबुक, ट्वीटर, इमेल आदि प्रयोग गर्दा, एटिएम कार्डबाट पैसा निकाल्दा सर्तकता अपनाउनुपर्ने समेत बताउनुभयो ।

कार्यशालामा क्यानका अर्का केन्द्रीय सदस्य शेखर दुलालले साईबर क्राईमको अवस्था र रोकथामका उपायबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, पत्रकार, साईबर सञ्चालक, प्रहरी, विभिन्न कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: