हिंसा रोक्न कार्यदल


प्रकाशित मिति :2017-02-19 14:26:13

महिला खबर

कपिलवस्तु । जिल्लाका सरोकारवाला निकायहरुको बैठकले हिंसा न्युनीकरणका लागि शनिवार विभिन्न शिर्षकमा तीनवटा कार्यदल गठन गरिएको छ ।

बैठकमा बालिका बलात्कारपछि हत्या गरिएको घटना तथा युवतीमाथि सामुहिक बलात्कारको घटनाले कपिलवस्तुवासीलाई स्तब्ध तुल्याएको र विद्यालय जान समेत असुरक्षा बढ्न थालेपछि यसतर्फ सबैको ध्यान गएको बताइएको थियो । जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाहरुको सो बैठकले बलात्कार सम्बन्धी कानुन संशोधन गरी आजीवन कारावासको व्यवस्था गर्न तथा बलात्कारीलाई थप सजायको व्यवस्था गर्नको लागी मस्यौदा तयार गर्न कार्यदल गठन गरेको बताइएको छ ।

कार्यदलमा सरकारी वकिलको संयोजन रहने गरी नेपाल बार एशोसियसन, इन्सेक प्रतिनिधि, मानवअधिकार निगरानी समिति, गैरसरकारी संस्था महासंघ तथा सो विषयमा विज्ञता हासिल रहेका व्यक्तिहरु रहेका छन् ।
यसैगरि, तत्काल सचेतना कार्यक्रम संचालन गर्न जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा महिला तथा बालबालिका कार्यालय, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, गैरसरकारी संस्था महांसघ, पत्रकार महांसघ, मानवअधिकारकर्मी लगायत रहने गरी कार्यदल गठन भएको छ ।

यस्तै, लैङ्गिक हिंसा न्युनीकरणका लागी वार्षिक कार्ययोजना निमार्ण तथा कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विकास समिति, नगरपालिका प्रमुख, गाविस सचिव, युएनएफपिए, युनिसेफ, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, मानवअधिकार निगरानी समिति तथा अन्य आवश्यक संस्थाहरु रहने गरी कार्यदल गठन गरिएको छ ।

नवगठित कार्यदलहरुले १५ दिनभित्र आफना प्रतिवेदन बुझाएपछि राजनैतिक दल, सासंदहरु तथा अन्य सरकारी, गैरसरकारी संस्थाहरुसँगको बैठकमा प्रस्तुत गरिने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपाने, जिल्ला शिक्षा अधिकारी हरि गौतम, महिला तथा बालबालिका कार्यालय प्रमुख कमला पौडेल, प्रहरी प्रमुख भोजजंग शाह, गैसस महांसघका प्रविण श्रीवास्तव, जवाफदेहि निगरानी समिति संयोजक तथा इन्सेक प्रतिनिधि नन्दराम पौडेल, निगरानी समिति पुष्पा रेग्मी, आइएनएफकी अन्जली बराल, महिला अधिकारकर्मी माधुरी श्रेष्ठ, पत्रकार महांसघ अध्यक्ष बसन्त गिरी, अन्तरपार्टी महिला संजालकी संन्तोष्ी पाण्डे लगायतका एक दर्जन बढी संघसंस्थाका प्रतिनिधिहरुले हिंसा रोक्न सुझाव तथा प्रतिवद्धता जाहेर गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: