डकर्मी महिला


प्रकाशित मिति :2017-02-19 16:55:54

अप्रिल अधिकारी

रामेछाप । माकादुम गाविसकी उमा बुढाथोकीले भूकम्पले भत्काएको आफ्नो घर आफैं बनाउन थालेकी छिन् । आफ्नो घर बनेपछि गाउँमा अरुका भत्किएका घर बनाउने पनि उनको योजना छ । घर बनाइदिने कोही नभेटिएपछि डकर्मी तालिम लिएकी उमालाई तालिमले डकर्मी  मात्र बनाएको छैन पुनर्निमाणमा लाग्न प्रेरित समेत गरेको छ ।

‘बारीको पाटामा बसेको वर्षौं भइसक्यो, कतिञ्जेल यस्तो बिजोगमा बस्ने? अहिले काम गर्दा पो जानियो, आँटेपछि घर बनाउन पनि सकिने रहेछ,’ उनी भन्छिन् । ४० दिने डकर्मी तथा सीप विकास तालिम लिएकी उमा आफु पहिलेभन्दा आत्मविश्वासी भएको मान्छिन् । उनीसँगै गाविसका अन्य ८ जना महिलाले समेत तालिम लिएका छन् ।

पहिले पुरुषले गर्ने काम भनेर घर बनाउने कामलाई महत्व नदिएपनि आवश्यकताले महिलालाई काम सिक्नैपर्ने बाध्यता समेत आइपरेको हो । यसले पुनर्निमाणमा महिलाले विभिन्न अवसर समेत पाएका छन् । ‘गाउँमा काम गर्नसक्ने धेरैजसो वैदेशिक रोजगारीमा गएका छन्, अब गाउँमा रहेका महिला नतात्ने हो भने नयाँ घर बन्न वर्षौ लाग्ने भइसक्यो,’ उनी भन्छिन् ।

जिल्लाका ग्रामीण भेगमा अधिकांश घरहरु भत्किएका छन् । नभत्किएका घरहरु पनि बस्न योग्य छैनन् । धेरैका घर नयाँ बनाउनुपर्ने अवस्थाका छन् । कतिपय घरहरु मर्मत गरेर बस्न सकिने खालका पनि छन । तर, यी सबै काम गर्न गाउँमा दक्ष र अदक्ष कामदारहरु पाउन मुस्किल भएपछि महिला आफंै काम सिकेर पुनर्निमाणको अभियानमा अग्रसर बन्न थालेका हुन् । हिजोआज पुनर्निमाण कार्य भइरहेका जिल्लाका अधिकांश स्थानमा महिलाको उल्लेख्य सहभागिता देखिन थालेको छ ।

तालिम लिएका, काम गर्ने जान्ने पुरुष कामको खोजीमा बाहिर गएपछि गाउँका अधिकांश स्थानमा महिला अग्रसर हुन थालेका हुन् । जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका सिकर्मी तथा डकर्मी तालिममा महिलाको उल्लेख्य सहभागिता हुनुले पुनर्निमाणमा महिलाको सक्रियतालाई पुष्टि गरेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत राजेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

भूकम्पपछिको निर्माणका लागि लक्षित गरी सञ्चालन गरिएका तालिममा हालसम्म जिल्लाका एक हजार २६ पुरुष र १०३ महिलाले तालिम लिइसकेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय प्रमुख ऋषिराज आचार्य बताउँछन् ।
जिल्लाको रामेछाप नगरपालिका सहित १३ वटा गाविसमा अझै तालिम संचालनको कार्यक्रम बाँकी रहेकोले महिलाको संख्या अझै बढ्नसक्ने आचार्यको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: