कोकिला ढकाल जिल्ला शाखा अध्यक्षमा निर्विरोध


प्रकाशित मिति :2017-02-19 17:31:50

महिला खबर

काठमाडौं । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक इलामका कोकिला ढकाल जिल्ला शाखाको अध्यक्षमा चयन हुनुभएको छ ।

आज सम्पन्न नेपाल पत्रकार महासंघ इलामको दशौं अधिवेशनले उहाँलाई निर्विरोध चयन गरेको हो ।

बिजयपछि महिला खबरसँग कुरा गर्दै ढकालले पत्रकारिता पेशामा आफुले गरेको कामको मुल्याङकन भएको बताउनुभयो ।

सञ्चारिका समूहका जिल्ला अध्यक्ष ढकाल इलाममा ०६० देखि निरन्तर रुपमा पत्रकारितामा लागिरहनुभएको छ । उहाँ हाल इलाम पोष्टमा सहसम्पादक, राजधानी दैनिकको जिल्ला समाचारदाता र इलाम आवाज साप्ताहिकमा आवद्ध हुनुहुन्छ ।

उहाँ यसअघि नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्थो । ‘साथीहरुले मलाई निर्विरोध अध्यक्ष बनाउनुभएको छ, पदीय दायित्वको साथै जिम्मेवारी र चुनौती पनि थपिएको महसुश भएको छ,’ ढकालले भन्नुभयो ।

ढकालका अनुसार हाल जिल्लाबाट सदस्यता लिएका कुल १३६ सदस्यमध्ये ३४ जना पत्रकार महिला रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: