आगो लगाएर श्रीमतीको हत्या


प्रकाशित मिति :2017-02-20 12:22:09

महिला खबर

काठमाडौ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

नवरपरासी पक्लिहवा सकरविनहीकामा बस्ने मिनु मुसहरलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

उनलाई ३३ वर्षिय श्रीमती नदेरु मुसहरलाई शरिरमा आगो झोसी हत्या गरेको आरोप लागको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायव उपरीक्षक विष्णुहरि कोइरालाले मिनु मुसहरलाई श्रीमतिको हत्या आरोपमा पक्राउ गरिएको वताउनुभयो ।

मिनुले शनिबार राति श्रीमतीको शरिरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । आगो लगाएपछि घरनजिकैको केरावारीमा लुकेका मुसहर प्रहरीले त्यहीबाट पक्राउ गरेको थियो ।

घाइते भएकी नदेरुको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मादक प्रदार्थ सेवन गरी सामान्य विषयमा पनि झैझगडा हुने गरेको प्रहरीले वताएको छ । छोराछोरी मामाको घर गएका बेला उक्त घटना भएको हो । मुसहरका तीन छोरी र एक छोरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: