विद्यालय छोडेका अठ्ठाइस छात्राले पाए पुनः पढ्ने मौका


प्रकाशित मिति :2017-02-20 14:12:16

शिवराज खत्री

अछाम । दयापिपलतोला माध्यमिक विद्यालयवाट कक्षा ७ उत्र्तिण पश्चात पढाई छोडेर घरमै बसेकी लुङग्राकी सरस्वती रावल आर्थिक अभावका कारण विचैमा पढाई छोड्नुपर्ने भयो ।

बुबाको मृत्यु पश्चात आमा दोस्रो विवाह गरेर गएपछि बेसाहारा बनेकी सरस्वतीले आफ्नो पढ्ने इच्छालाई निरन्तरता दिन सकिनन् ।

आफ्नो पढाईलाई निरन्तरता दिने सरस्वतीको सपना विपनामा परिणत भएको छ उनलाई एक बर्षका लागि चाहिने शैक्षिक सामाग्री र छ हजार नगद आर्थिक सहयोग पाए पछि उनले पढाईलाई निरन्तरता दिने सपना पुरा भएको हो ।

‘शैक्षिक सामाग्री र छ हजार नगद पाउँदा एक वर्षलाई पढ्न पुग्ने खर्च पुगेको छ । यस्तै सहयोग पाइएमा पढाईलाई निरन्तरता दिन्छु ।’

सरस्वती जस्ता पढाई छोडेर बसेका २८ छात्रा र ३२ छात्रले पुन पढ्ने मौका पाएका छन् ।

लुङग्राकै कल्पना खडका, पायल–५ का कमला विक, दुनीकी पुजा आउजी, पायलका दिपेन्द्र बोहोरा, पायलकै निराजन शाह, र एकेन्द्र परियार, घुँघुरकोटका अनिल परियार तथा मलातीकोटका गणेश बिक, दुनी–३ का मनोज खड्का, पढाई छोडेर पुनः विद्यालय भर्ना भएका विद्यार्थी हुन् ।

घर परिवारको आर्थिक अवस्था कम्जोर भएका कारणले पढाईलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका विभिन्न ठाउँका ६० विद्यार्थीले पुनः पढाईलाई निरन्तरता दिने अवसर पाएका हुन् । जिल्लाका बिभिन्न १३ वटा गाविसका मावि तहमा पुगेका ति विद्यार्थीलाई वाक नेपालले सेभद् चिल्ड्रेनको सहकार्यमा संचालन गरिरहेको युवा सशक्तिकरण परियोजनाले पढाई निरन्तरताका लागि प्रति विद्यार्थी १० हजारका दरले सहयोग गरेको हो ।

शैक्षिक सहयोग पाउने ६० विद्यार्थी मध्ये गरिबीकै कारणले ११ पूर्ण रुपमा पढाई छोडेर बसेका तथा ४९ आंशिक रुपमा मात्र विद्यालयमा उपस्थित हुनेछन् । सहयोग पाएपछि प्रा‌य सबै विद्यार्थीले पढाई निरन्तता दिईरहेको परियोजना संयोजक चन्द्रबहादुर साँखीले जानकारी दिए ।

बैद्यनाथ उमाविका प्राचार्य दिपक कुँवरले अति बिपन्न र असहाय विद्यार्थीले १० हजार बराबरको शैक्षिक सामाग्री र नगद पाउँदा पढाई निरन्तर गर्न निकै मद्दत पुगेको बताए । पढाई छोडेका पुनः भर्ना हुनुका साथै आर्थिक अवस्थाका कारणले कहिले काँही मात्र कक्षामा आउने विद्यार्थी पनि सहयोग पाए पछि निरन्तर उपस्थिती भइरहेको उनले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: