कृषक महिलालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-02-20 15:28:30

सर्मिला बुढाथोकी

दोलखा । सुष्पाक्षमावती गाविसकी डल्ली थामी शनिवार निक्कै खुशी देखिएकी थिईन । विनाशकारी भूकम्पले घरसँगै ६ वटा खसी बाख्रा क्षति भएकी डल्लीलाई बाख्रा पालन व्यवसायको लागि इकार्डसले आर्थिक सहयोग गरेपछि उनी खुशी भएकी हुन् ।

सुन्द्रावती गाविसकी पुतली थामी पनि शनिवार खुशी भईन । उनले पनि बाख्रा पालन व्यवसायको लागि आर्थिक सहयोग पाएकोले खुशी भएकी हुन् ।

इकार्डस दोलखा र टिडिएच जर्मनीको साझेदारीमा दोलखाको सुन्द्रावती र सुस्पाक्षमावती गाविसका डल्ली र पुतली जस्ता ५० जना महिला कृषकलाई बाख्रापालन व्यवसाय सञ्चालनको लागी शनिवार नगद वितरण गरिएको हो ।

भुकम्पले घरसँगै पशुचौपाया गुमाएका २ गाविसका विपन्न, दलित, सिमान्तकृत वर्गको पहिचान गरी उनीहरुलाई १४ हजार ५ सयका दरले ७ लाख २५ हजार वितरण गरिएको इकार्डस दोलखाका कार्यक्रम संयोजक अनिता घिसिङले जानकारी दिईन ।

विपन्न वर्गको छनौट गरी बाख्रा खरिद गर्न लगाई पशुसेवा कार्यालय दोलखाबाट ती बाख्राको नापतौल गरी योग्य ठहरिएपछि जिविकोपार्जन कार्यक्रम अन्र्तगत उक्त रकम वितरण गरिएको हो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: