लैंङ्गिक हिंसासम्बन्धी पत्रकारितामा आचार संहिता तालिम सुरु


पत्रकारले गोपनियतामा ध्यान दिनुपर्छः जिल्ला न्यायाधीस महरा

प्रकाशित मिति :2017-02-21 14:32:49

दुर्गा देवकोटा

धनगढी । पत्रकारले लैंङ्गिक हिंसासम्बन्धी समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने विषयबारे दुईदिने तालिम अाजदेखि सुरु भएको छ । ‘लैंङ्गिक हिंसासम्बन्धी पत्रकारितामा आचार संहिता’ नामक सो तालिम उद्घाटनकाे अध्यक्षता सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियाे ।

तालिमको उद्घाटन गर्दै जिल्ला अदालत कैलालीका जिल्ला न्यायाधीस धनसिंह महराले पत्रकारले गोपनियतामा ध्यान नदिदाँ पीडित झन् बढी पीडामा पर्ने गरेको बताउनुभयो । गोपनियता भनेको ज्यादै संवेदनशील विषय भएकोले समाचार लेख्दा पत्रकारबाट धेरै गल्ती हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा पछिल्लो समय आउने सामग्री प्रति पनि पत्रकारहरु सचेत हुन जरुरी छ । त्यस्ता कार्यको पत्रकारका कलमले प्रतिकार गर्न आवश्यक छ ।’

अदालतले बलात्कार, यौन दुव्र्यवहार, बालबालिकामाथि हुने हिंसाका कुराहरुमा गोपनीयतामा ध्यान दिने गरेको बताउँदै जिल्ला न्यायाधीस महराले पत्रकारलाई पनि संवेदनशील कुराबारे जानकारी दिन जरुरी छ भन्नुभयो । उहाँले व्यक्तिगत रुपमा फोनको कल डिटेल दिन थालिएपछि अदालतको आदेश बिना प्रहरीले पनि कल डिजेल लिन नपाउने व्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले हिंसा न्यूनिकरणका लागि सहभागितामा जोड दिनुपर्ने बताउँदै सुदूरपश्चिममा छाउपडी जस्ता विभिन्न कारणले महिलामाथि हिंसा हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थारु समुदायमा पनि हिंसा नभएको होइन तर, छाउपडी प्रथा मान्दैनन् । यस्ता खाले सन्देशमूलक समाचार पत्रकारले लेख्न जरुरी छ ।’

कार्यक्रममा संचारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकारहरुले संवेदनशील भएर रिर्पोटिङ गरेमा पत्रकारितामा न्याय पुग्ने बताउँदै पत्रकारिता गरेबापत कसैलाई पीडा दिने काम गर्न नहुनेमा सचेत रहन आग्रह गर्नुभयो । अध्यक्ष शर्माले पत्रकार लैंङ्गिक विषयमा संवेदनशील हुनैपर्ने भएकोले दक्षता र आचार संहिताबारे ज्ञान मिलोस् भनी तालिम आयोजना गरिएको बताउनुभयो । शर्माले सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाको चरित्रका कुरा बढी उठाउने प्रचलन रहेको भन्दै पत्रकारले महिलाका समाचार लेख्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘महिलाका चरित्रका कुरा बढी जसो निर्वाचनका बेलामा हुन्छन्, यस्ता कुरामा पत्रकार सचेत हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले नेपाल पत्रकार महासंघले पत्रकारितामा पनि महिलाको संख्या बढाउनुपर्छ भनी विधानमै व्यवस्था गरेको बताउँदै अब हुन लागेका महाधिवेशनले धेरै महिला समेट्ने बताउनुभयो । ‘महिला धेरै आएमा मिडियामा महिलाका विषय पनि धेरै समेटिन्छन्’, उहाँले भन्नुभयो ।

तालिम उद्घाटनको अवसरमा वरिष्ठ पत्रकार मोहन मैनाली, पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह, प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउद, प्रेस चौतारीका केन्द्रीय सचिव हेमकर्ण विक, युएनएफपीएका कार्यक्रम संयोजक गिरी पन्थी लगायतले आफ्ना भनाइहरु राख्नुभएको थियो ।

सुदूरपश्चिमका पत्रकारका लागि आयोजना गरिएको सो तालिममा प्रमुख प्रशिक्षकको रुपमा वरिष्ठ पत्रकार मोहन मैनाली रहनुभएको छ । तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाका २५ जना पत्रकार सहभागी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: