बालविवाह रोक्न सामाजिक समस्या


प्रकाशित मिति :2017-02-21 15:38:45

सर्मिला बुढाथोकी

दोलखा । २० वर्ष उमेर नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नदिइए पनि दोलखाको भिरकोट गाविसमा भने बालविवाह गर्ने क्रम रोकिएको छैन ।

बालविवाह गर्दा यसबाट पर्ने दीर्घकालीन असर, कानुनी दण्ड र सजायका बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमको आयोजना गरिएपनि भिरकोट गाविसमा १ वर्षको अन्तरालमा ३ ओटा बालविवाह भएको न्यायमा पहँुच परियोजनाकी जिल्ला संयोजक शर्मिला चौहानले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त गाविसमा गत वर्ष ५ वटा बालविवाहको प्रयास गरिएको भएपनि २ वटा बालविवाह मात्र रोक्न सकिएको थियो । बाल विवाह न्यूनिकरणका लागि न्यायमा पहँुच परियोजनाले महिला तथा बालबालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरोकारवाला निकायसँग समन्वय गर्दे काम गरिरहेको तर बालविवाह न्नूनिकरणमा खासै प्रगति नभएको संयोजक चौहानको भनाइ छ ।

बालविवाह गर्नुको मुख्य कारण अभिभावकले मदिरा सेवन गरी खासगरि छोरीहरुलाई बेवास्ता गर्नु, गरिबीको कारणले पढाइ भन्दा काममा बढि ध्यान दिनुपर्ने, पढाईमा असफलता, देखासिकी, मोवाईल फोनको प्रयोग लगायत रहेको उहाँले बताउनुभयो ।

महिला तथा बालिकाको न्यायमा पहँुच वृद्धि गर्ने उदेश्यले दोलखाको भिरकोट र जफे गाविसमा इह्रिकन, जुरी नेपाल र सञ्चारिका समूहको सहकार्यमा घरदैलो सचेतीकरण कार्यक्रम, सञ्जाल निर्माण, प्रहरी वा सरोकारवाला निकायसँग बैठक गरी घरेलु हिंसा, मानव बेचविखन, यौन हिंसा, बालविवाह लगायतका विषयसँग सम्बन्धित रहेर विभिन्न अभियान सञ्चालन भइरहेको छ ।

यस्ता अभियान सञ्चालनका क्रममा गठन गरिएका सञ्जालका सदस्यहरुले बालविवाहबारे थाहा पाएपनि सम्बन्धित निकायमा खबर गर्न आनाकानी गर्दा पनि समस्या हुने गरेको चौहानको भनाई छ । ‘एउटै समाजमा बस्ने भएपछि विवाह रोकिदाँ विभिन्न खालका धम्की र चेतावनी आउने भएकाले खबर गरिदिन डराउने देखिन्छ’, संयोजक चौहानले भन्नुभयो । बालविवाह रोकिदाँ इज्जत जाने र विवाह गर्न नदिए आत्महत्या गर्नेसम्मका धम्की आउने गरेकाले बालविवाह न्यूनिकरण गर्न चुनौती रहेको न्यायमा पहुँच परियोजनाको अध्ययनले पनि देखाएको उहाँको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: