शिक्षित युवा विदेश पलायन हुनु दुःखदः राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2017-02-21 16:16:31

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले शिक्षित युवा रोजगारका लागि विदेश पलायन हुनु दुःखद भएको बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको चौधौं दीक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन दुःखद तर यथार्थ परिदृश्य हो ।’

समारोहमा बोल्दै उहाँले देशको विकासमा योगदान दिन आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ ।’

राष्ट्रपति भण्डारीले दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै मौलिकता, संस्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.चिरञ्जीवीप्रसाद शर्माले चौधौं दीक्षान्त समारोहमा ०७३ माघ महिनासम्म विभिन्न शैक्षिक कार्यक्रम तह पार गरेका करिब पाँच हजारजना विद्यार्थी दीक्षित भएको जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई लक्ष्मी विद्या स्वर्ण पदकका साथै कुलपति तथा उपकुलपति पदकबाट सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: