सिलाइकटाइ सिकेर आफ्नै व्यवसाय


प्रकाशित मिति :2017-02-21 16:43:59

महिला खबर

कालिकोट  । सधैं चुलोचौकोमा सिमित हुने जुम्लाका महिला अहिले सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका छन् ।

जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले सञ्चालन गर्ने सिपमूलक तालिम लिएसँगै उनीहरु व्यवसायिक रुपमै यो पेशामा लागेका हुन् ।

जुम्लामा कोही सरकारी तथा गैर सरकारी कार्यालयबाट सिलाइकटाइ सम्बन्धी तालिम लिएर स्वरोगारमुलक कार्य गरिहेका छन् भने कोही आफ्नै प्रयासबाट सिलाइकटाइ गरी जीवन निर्वाह गरिरहेका देखिन्छन् ।

पहिला पतिको कमाईका भरमा दैनिक गुजारा गरिरहेका उनीहरु सिलाईकटाइको काम गर्न थालेपछि सहज भएको बताउन थालेका छन् ।
एघार वर्षअघि दिदि बहिनी टेलरबाट सिलाईकटाई तालिम लिनुभएका चन्दननाथ नगरपालिका डाँडाकोटकी रन्नकली नेपालीले तालिम लिएदेखि नै जुम्ला सदरमुकाममा सिलाईकटाई व्यवसाय गर्दै आएको बताउनुभयो ।

‘काम गर्न धेरै ठाउँमा आवेदन गरियो, तर अवसर पाइएन । सिलाइको तालिम समेत आफ्नै पहलमा लिइयो, अनि काम सुरु भयो’, उहाँ भन्नुहुन्छ । सिलाइसँगै कपडा पसल समेत राख्नुभएका नेपालीले आफ्नो ७ जनाको परिवारलाई यहि व्यवसयायले नैै धानेको बताउनुहुन्छ ।

‘पहिला जागिरे पतिको भर पर्नुपथ्र्यो । अहिले आफैंले कमाएको पैसाले जीवन धानी रहेकी छु, दुई छोराछोरीलाई पढाइरहेकी छु, सबै यहि पेशाकै कारण होु’, उहाँ भन्नुहुन्छ ।

एकदिनमा १ देखि १५ सय सम्म कमाई हुने गरेको बताउने नेपाली घरको सम्पूर्ण खर्च कटाएर मासिक १० हजार रुपैयाँ बचत गर्ने गरेको बताउनुहुन्छ । महिलाले सिलाइकटाइ तालिमको माग बढी गर्ने गरेको व्यवसायी तथा सीप विकास तालिम केन्द्र जुम्लाले जनाएको छ । वर्षमा करिब ४० जना महिलालाई सिलाईकटाईको तालिम दिइरहेको केन्द्रका निमित्त प्रमुख डिल्लीराम तिवारीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रबाट तालिम लिईसकेपछि जिल्लाका केही स्थानमा महिलाहरुले आफ्नै व्यवसाय संचालन गरेर काम गरिरहेका छन् । गत वर्ष जिल्लाको नराकोट गाविसमा सञ्चालित तालिममा सहभागी २० मध्ये १५ जना महिलाले अहिले व्यवसायिक रुपमा सिलाइकटाइको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: