प्रहरी अधिकृत सम्मानित


प्रकाशित मिति :2017-02-22 12:10:14

यमुना खनाल

सिरहा । लैङ्गिक समानताको पक्षमा न्याय सम्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै ईलाका प्रहरी कायालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीलाई सम्मानित गरिएको छ ।

जिल्लाका अधिकारकर्मीहरुले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उपरीक्षक केसीलाई सम्मान सहित बिदाई गरेका छन् । कार्यक्रममा उपरीक्षक केसी लहानमा कार्यरत हुँदा लैङ्गिक समानताका मुद्धामा महिला मैत्री भएर काम गरेको अधिकारकर्मीहरुले बताएका थिए ।

उपरीक्षक केसीले मौखिक उजुरी लिएर जाने हिंसा पीडित महिलाको उजुरी प्रहरीबाटै लेखाएर लिखित उजुरी लिने कार्यको थालनी गरेको, महिला हिंसा दर्ता हुँदा सुरुमा एउटा र पछि मुद्धा बंग्याएर अर्कै मुद्धा बनाउने प्रवृति हटाउन काम गरेकोले पीडितले न्याय पाएको सिरहाका पत्रकार दिलिप सिंहले बताउनुभयो ।

त्यसैगरी, इन्सेक सिरहाका जिल्ला संयोजक दुर्गा परियारले उपरीक्षक केसीले महिला हिंसा गर्नेमाथि अनुसन्धान गर्ने, थुनामा लिने, मुद्धा चलाउने मात्र नभई महिला हिंसाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कायालय लहानमा नेतृत्व गर्न आइपुग्नुभएका प्रहरी नायब उपरीक्षक हीरा बहादुर पान्डेलाई पनि स्वागत गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: