धूवाँरहित चुल्हो बनाउन जुटे महिला


प्रकाशित मिति :2017-02-22 12:53:49

पार्वती पाण्डे

कपिलवस्तु । गाउँका घरलाई धूवाँरहित बनाउने अभियानका साथ कपिलवस्तु शिवपुरका महिला सुधारिएको चुल्हो बनाउने सीप सिक्दैछन् । श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध महिलाहरु गाउँघरलाई धूवाँरहित बनाउने अभियानमा जुटेका हुन् ।

सुधारिएको चुल्होमा खाना पकाउँदा दाउरा कम लाग्ने, खाना चाँडै पाक्ने र धूवाँ कम आउने भएकोले उनीहरु यसको माध्यमबाट गाउँलाई धूवाँरहित बनाउन सक्रिय भएका हुन् । उनीहरु अहिले सुधारिएको चुल्हो बनाउने सीप सिक्न सक्रिय भएका छन् ।

यहि अभियान अन्तर्गत सहकारीले समूहमा आवद्ध झण्डै डेढ दर्जन महिलालाई सुधारिएको चुल्हो बनाउने तालिम दिएको छ । तालिमपछि आफूले सिकेको सीपलाई अवलम्बन गरी गाउँलाई धुँवा रहित बनाउने अभियानमा लाग्ने सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।
परम्परागत चुल्होमा खाना पकाउँदा निकै सास्ती बेहोरेका महिलाले सुधारिएको चुल्होमा खाना पकाउँदा सजिलो भएको तालिममा सहभागीहरु भएको बताउँछन् ।

गाउँलाई धूवाँरहित बनाउने अभियानको रुपमा अगाडि बढाउन सहकारी मार्फत तालिम संचालन गरिएको श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशीला खनालले बताउनुभयो । सुधारिएको चुल्होमा खाना पकाउनु स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक भएकाले सहकारीका सदस्यहरुलाई यसबारे तालिम दिइएको उहाँको भनाई छ ।

शिवराज नगरपालिकाका प्राविधिक ताराप्रसाद भण्डारीले परम्परागत चुल्होभन्दा सुधारिएको चुल्हो स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकाले सबैले आफ्नो घरमा यस्तै चुल्हो राख्नुपर्नेमा जोड दिनुभयो । समाजसेवी जगतबहादुर जिसीले सुधारिएको चुल्होले वातावरण प्रदुषण नहुने र वन संरक्षणमा समेत ठूलो सहयोग पुग्ने भन्दै सुधारिएको चुल्हो उपयोगी रहेको बताउनुभयो । कार्यक्रममा सगरमाथा वेल्फेयर सोसाइटीका अध्यक्ष नेत्रप्रसाद बेल्वासेले तालिम निकै लाभदायक रहेकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीकै तीनजना सदस्य राधा खड्का, सुशीला गिरी र माया विकले तालिमको सहजीकरण गर्नुभएको छ । मेस्डो नेपालबाट सुधारिएको चुल्हो बनाउने तालिम सिकेर उहाँहरुले सहकारीका सदस्यहरुमा सिकेको ज्ञान हस्तान्तरण गर्न लागेको बताउनुभयो । ‘माटोमा भेली, नुन, चुना, भुस मुछेर सुधारिएको चुल्हो बनाइन्छ, चुल्होमा फलाम फार्गेट र ग्रिलपत्ती समेत आवश्यकता पर्दछ’, प्रशिक्षक सुशीला गिरीले जानकारी दिनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: