नागरिक वडापत्र प्रकाशित


प्रकाशित मिति :2017-02-22 15:52:32

सर्मिला बुढाथोकी

दोलखा । मानव अधिकार सचेतना तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले मंगलबार नागरिक वडापत्र सार्वजनिक गरेको छ ।

जिल्लामा रहेका विभिन्न कार्यालयहरुले दिने सेवाबारे जानकारी दिन नागरिक वडापत्र प्रकाशन गरिएको केन्द्रले जनाएको छ ।

विभिन्न कार्यालयले जनतालाई दिने सेवा सुविधा र उक्त सेवा सुविधा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाका बारेमा सर्व साधारणले सहज ढङ्गले जानकारी पाउन सकुन भन्ने उदेश्यले वडापत्र प्रकाशन गरिएको हुराडेक नेपाल दोलखाले जनाएको छ ।

सेवा प्रदायक कतिपय कार्यालयले नागरिक वडापत्र नराख्ने तथा राखिएको भएपनि विशेषगरी ग्रामीण महिला र निरक्षर जनता नागरिक त्यसबारे जानकार नहुने भएकोले सेवा प्राप्तिमा कठिनाई भइरहेको हुराडेक दोलखाका अध्यक्ष होम पाठकले बताए । ‘वडापत्रबारे थाहा नहुँदा खासगरी महिला र निरक्षर नागरिकलाई अधिकार पाउन समस्या भइरहेको छ, त्यसैले हामीले नागरिक वडापत्र प्रकाशन गरेका हौं’, उहाँले भन्नुभयो ।

नागरिक वडापत्रमा दोलखा जिल्लामा रहेका विभिन्न कार्यालयहरुमध्ये २७ वटा कार्यालयले दिने सेवा सुविधा, सेवा सुविधा प्राप्त गर्ने प्रक्रिया, सम्पर्क व्यक्ति लगायतको विवरण रहेको छ । वडापत्रको विमोचन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले गर्नुभएको थियो ।
तस्वीरः नागरिक वडापत्रको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: