राप्रपा महाधिवेशनः केन्द्रीय सदस्यमा कोमल, मीरा र रेखा


३३ प्रतिशत महिला आरक्षण सुरक्षित

प्रकाशित मिति :2017-02-22 18:16:24

महिला खबर

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय कमिटीमा ३४ महिलाको चयन गरेको छ ।

राप्रपाको महाधिवेशन निकै चर्चा र चर्चित भएको थियो । चर्चामा आउनुको विषय थियो चर्चित कलाकार कोमल वली र रेखा थापा राप्रपामा प्रवेश गर्नु । नायिका रेखा थापा राप्रपामा प्रवेश गरेको केही महिना नबित्दै महाधिवेशनबाट निर्वाचित भएकी छन् । उनी महिला कोेटावाट केन्द्रीय सदस्यमा चुनिएकी हुन् ।

गायिका कोमल वली खुल्ला प्रतिस्पर्धामा तेस्रो स्थान ल्याएर केन्द्रीय सदस्यमा निवार्चित भएकी छन् । अर्की गायिका मीरा राणा खुल्ला महिला कोटावाट विजयी भईन् ।

खुल्ला महिला कोटामा कलाकारद्धय रेखा र मीरा सहित १६ जना महिला चुनिएका छन् । यीनमा कुन्ती कुमारी शाही, प्रेक्षा राणा, प्रतिभा राणा, दुर्गा श्रेष्ठ, मीना सुवेदी, रोसन कार्की, विन्दु अधिकारी पहाडी, सरोज शर्मा, कमलादेवी शर्मा, सिता लुइँटेल ज्ञवाली, कान्ता भट्टराई, लीलादेवी श्रेष्ठ, युवती कार्की र पूजा राणा रहेका छन् ।

यसैगरि, मधेशी महिला कोटामा पाँच महिला विजयी भएका छन् । विजयी हुनेमा नवोदिता चौधरी, रेणुदेवी साह, भिमा यादव, मीना झा र राजेश्वरीदेवी साह छन् ।

आदीवासी जनजाति महिला कोटातर्फ विजयकला राई, दिलमाया तामाङ्ग, आशा लामा, सयन्द्र वान्तवा, निर्मला श्रेष्ठ र सुनिता कुरुवाङ्ग बिजयी भएका छन् ।

त्यसैगरि, उत्पीडित महिला कोटातर्फ मिना स्वर्णकार र गंगा विक निर्वाचित भएका छन् । त्यस्तै, मुस्लिम महिला कोटामा मदिना खातुन मिया र कर्णाली र पिछडिएको क्षेत्र महिला कोटामा शोभा शाही, सविना कुमारी सिंह (शाह) बिजयी भएका छन् । थारु महिला कोटामा रामदुलारी चौधरी निर्वाचित भएका छन् ।

अधिवेशनले ३३ प्रतिशत महिला आरक्षणलाई सुरक्षित गरेको छ । १० फागुनमा सकिएकोे मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: