थाङ्का चित्र तालिममा महिलाको आकर्षण


प्रकाशित मिति :2017-02-23 12:36:13

सर्मिला बुढाथोकी

थाङ्का चित्र तालिमका सहभागी

दोलखा । ताम्चेत दुध पोखरीकी पूर्णिमा तामाङ (१८) अहिले थाङ्का चित्र बनाउन सिकिरहेकी छिन् । थाङ्का चित्र बनाउने उनको सानैदेखिको चाहना बल्ल पूरा भएको छ ।

सदरमुकाम चरिकोटमै तालिम लिन पाएकोले उनको चाहना पूरा भएको हो । काठमाडौंमा थाङ्का चित्र बनाउने तालिम सिक्न जान खान बस्न समस्या हुने भएपछि पूर्णिमाले यसबारे सोच्न नै छोडेकी थिइन् । अहिले घरछेउमै तालिम लिन पाएपछि उनी निकै मेहनत गरेर चित्र बनाइरहेकी छिन् । ‘पढाई कमजोर छ, सीपमुलक तालिम लियो भने गुजारा गर्न सजिलो हुन्छ भनेर तालिम लिँदै छु’, उनी भन्छिन् ।

पढाई बीचमै छाडेकी दोलखा लापिलाङकी गीता भुजेल (२१) पनि थाङ्का चित्र तालिममा सहभागी भएकी छिन् । थाङ्का चित्र बनाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सुनेकी गीता घर नजिकै तालिम सञ्चालन हुने जानकारी पाएपछि फुरुङ्ग बनेकी छिन् । भन्छिन्, ‘बेरोजगार महिलालाई यस्तो तालिमले आत्मनिर्भर बनाउन मद्दत गर्छ भन्ने आशा छ ।’

भीमेश्वर नगरपालिकाकी रोजी लामा पनि विहान क्याम्पस गएर दिउँसो तालिममा सहभागी हुने गरेकी छिन् । ‘घरमा भएको थाङ्का देखेर कसरी बनाउने होला जस्तो लाग्थ्यो’, रोजी भन्छिन्, ‘अहिले आफैं तालिममा सहभागि हुँदा रमाईलो लागिरहेको छ ।’ उनका अनुसार थाङ्का चित्र बनाउन प्रायः पुरुषको मात्र सहभागिता हुँदा महिलालाई हत्तपत्त अवसर नहुने र छुट्टै समय निकाल्नुपथ्र्यो । अहिले घर नजिकै तालिम सञ्चालन भएकोले सहज भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाको आयोजना र नेपाल गौतम बुद्ध युवा समूह भुषाफेदाको सहयोगमा सदरमुकाम चरिकोटमा तीन महिने थाङ्का चित्र तालिम सञ्चालन भइरहेको छ । तालिममा सात महिला र तीन पुरुष गरी जम्मा १० जनाको सहभागिता रहेको प्रशिक्षक धनराज तामाङले जानकारी दिए । उनका अनुसार तालिममा सहभागी सात महिलामध्ये पाँच जना तामाङ समुदायका र दुई जना अन्य समुदायका महिला र किशोरी रहेका छन् ।

थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने, आफ्नो बचेको समयको सदुपयोग गर्न सकिने, आफ्नो घरपरिवारसँगै रहेर पनि यो पेशालाई निरन्तरता दिन सकिने भएकाले महिलाले यो पेशालाई रुचाउने गरेको प्रशिक्षक तामाङ बताउँछन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: