अन्तरराष्ट्रिय महिला दिवस मनाउन समिति


प्रकाशित मिति :2017-02-23 13:15:07

पार्वती पाण्डे

कपिलवस्तु । १०७ औं अन्तर्राष्ट्रिय महिला अधिकार दिवस मनाउन प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ५१ सदस्य मूल समारोह समिति गठन भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस कपिलवस्तुका तीन स्थान तौलिहवा, पकडी र चन्द्रौटामा मनाउने योजना सहित कार्य विभाजन समेत गरिएको छ । जिल्लामा पछिल्लो पटक बालिका बलात्कार तथा सामूहिक बलात्कारका घटनामा वृद्धि भएको अवस्थालाई मध्यनजर गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै तीन स्थानमा दिवस मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी कानुनका बारे जानकारी गराउने जिम्मा सेलर्ड संस्थाले लिएको छ भने महिलाको वर्तमान अवस्थामा तथा लैङ्गिक हिंसाको अवस्था सम्बन्धमा आधार पत्र तयार गर्न इन्सेक प्रतिनिधि नन्दराम पौडेल, बारका अध्यक्ष अमित कुमार श्रीवास्तव, निगरानी समिति सदस्य पुष्पा रेग्मीको सहयोगमा मानवअधिकार निगरानी समिति संयोजक माया ज्ञवालीलाई जिम्मा दिइएको छ ।

यसैगरि, तौलिहवामा महिला तथा बालबालिका कार्यालय प्रमुख कमला पौडेल, पकडीमा रुकैया खातुन र चन्द्रौटामा मिना परियार संयोजक रहने गरी जिम्मा दिइएको छ । यस्तै, कार्यक्रम सम्पन्न गर्न विभिन्न सरकारी संस्था तथा गैरसरकारी संस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: