सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्छः यामकुमारी खतिवडा


प्रकाशित मिति :2017-02-23 13:32:14

पार्वती पाण्डे 

कपिलवस्तु । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले सरकारी कार्यालयहरुले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभएको छ ।

वुधवार तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको भेटघाट कार्यक्रममा उहाँले सरकारी कार्यालयहरुले विद्युतीय अभिलेखलाई व्यवस्थापन गर्न तथा शिक्षा, स्वास्थ्यमा भएका प्रक्रियालाई सरलीकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्षेत्रिय प्रशासक खतिवडाले निमार्ण व्यवसायी तथा आयोजना प्रमुखसँग छलफल गरी पुँजीगत खर्च समयमै गर्न प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाललाई निर्देशन दिनुभयो । खतिवडाले प्रजिअ ढकाललाई स्वदेशी सामग्री प्रयोग गर्न जिल्लाका सबै कार्यालयहरुलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले दोस्रो चौमासिक पुँजी तथा साधारण खर्चका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपाने, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ उपाध्याय, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत राकेश पाण्डे लगायतको उपस्थिती थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: