बालविवाह रोक्दै बालबालिका


प्रकाशित मिति :2017-02-23 14:29:53

महिला खबर

सुनसरी । सँखुवासभाको पाथीभरा गाविसमा हुनै लागेको बाल विवाह बालबालिकाले नै रोकेका छन् । पाथीभराका ४१ वर्षिय विन्द्र राईको मकालु गाविसकी एक बालिकासँग  विवाह  हुन लागेको खबर जिल्लाको बाल सञ्जालमा पुग्ने वित्तिकै बालबालिकाले प्रहरी, महिला तथा बालबालिका कार्यालयको सहयोग लिएका थिए ।

घटनाबारे जिल्ला बाल सञ्जाल सँखुवासभाका अध्यक्ष खेवाहाड मेवाहाङ भन्नुहुन्छ्, ‘दुईदिन सम्म सम्झाइबुझाई गरेर त्यो बालविवाह रोक्यौं, बालबालिकाले यो सहित चार महिनामा चार वटा बाल विवाह रोकेका छन् ।’

बालसञ्जालको सक्रियतामा यसअघि मादी नगरपालिकामा १४ वर्षिया बालिकाको विवाह रोकिएको थियो । खाँदबारी नगरपालिकामा हुन लागेको ११ वर्षिया बालिकाको विवाह पनि वालसञ्जालले नै रोकेको थियो । यसैगरि, खाँदबारी नगरपालिकाकै एक १६ वर्षिया बालिकालाई उमेर नपुगी विवाह हुनबाट पनि बालबालिकाले नै रोकेका थिए ।

बालसञ्जालले धमाधम बालविवाह रोक्न थालेपछि यस सम्बन्धी उजुरी आउने क्रम पनि बढेको छ । बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयको सहयोगमा हुन लागेका बालविवाह रोक्दै आएको छ ।

संखुवासभालाई बालमैत्री जिल्ला घोषणा गर्न गत वर्षदेखि नै तयारी भइरहेको छ । बालमैत्री बन्न बालविवाह मुक्त बन्नुपर्ने भएकोले जिल्लालाई बालमैत्री बनाउन बालबालिका मज्जैले खटेका देखिन्छन् । ‘त्यसैले पनि हामी बालबालिका सँखुवासभालाई बालविवाहमुक्त जिल्ला बनाउन खटेका छौं’, बालसञ्जाल अध्यक्ष मेवाहाङले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: