‘टोपी भोटो’ लाई निरन्तरता दिन माग


प्रकाशित मिति :2017-02-23 15:14:46

शिवराज खत्री

अछाम । नवजात शिशुलाई निमोनिया हुनबाट जोगाउन स्वास्थ्य संस्थाले उपलब्ध गराउँदै आएको ‘टोपी भोटो’ अर्थात न्यानो झोला वितरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले गत वर्षबाट बन्द गरेको टोपी भोटो वितरण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर निरन्तरता दिन अछामका सरोकारवालाले माग गरेका हुन् । आगामी आर्थिक वर्षको जिल्ला परिषद्का लागि बसेको एकिकृत योजना तर्जुमा समितिको बैठकले पहिलो प्राथमिकतामा राख्दै उक्त प्रस्ताव परिषद् मार्फत मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

नवजात शिशुलाई निमोनिया हुनबाट जोगाउने उत्तम उपायका रुपमा लिइएको टोपी भोटो कार्यक्रम बन्द हुँदा शिशुहरुमा निमोनियाको संक्रमण बढेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले बताउनुभयो । अछाम जिल्ला अस्पतालले पहिलोपटक आफ्नै स्रोतबाट नवजात शिशुलाई न्यानो झोला दिने कार्यक्रम सुरु गरेपछि यसलाई सरकारले देशैभर सञ्चालन गरेको थियो । तर, हाल अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रम बन्द गरेको छ ।

अछाम लगायतका दुर्गम जिल्लामा शिशु जन्मेदेखी ११ दिनसम्म नाङ्गै राख्ने प्रचलन रहेकाले जन्मिनेबित्तिकै न्यायो लुगा वितरण गर्दा शिशुलाई निकै फाईदा पुगेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । सुरुमा जिल्ला अस्पतालमा र पछि सबै स्वास्थ्य सस्थामा जन्मिने शिशुलाई न्यायो लुगा दिने व्यवस्थाले शिशुलाई जन्मिनेबित्तिकै न्यायो लुगा लगाइदिन थालिएको थियो । अछाममा हाल स्वास्थ्य सस्थामा सुत्केरी हुनेको संख्या ७० प्रतिशत भन्दा बढी पुगेको छ ।

‘जन्मिएको ११ दिन सम्म शिशुलाई नाङ्गै राख्ने प्रचलन व्याप्त थियो, पछि स्वास्थ्य सस्थाले नै न्यायो कपडा दिएपछि शिशुलाई त्यसरी राख्नुहुँदैन भन्ने चेतना फैलिएको छ’, ढुंगानाले भन्नुभयो, ‘त्यसैले अहिले यो कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।’

यस्तै, स्वास्थ्य कार्यालयले आगामी आर्थिक वर्षबाट कुषोषण कम गर्नका लागि जिल्लाभरमै सञ्चालन गर्न लागेको ‘स्वच्छ बच्चा प्रतिस्पर्धा’ लाई अभियानकै रुपमा लैजाने बताइएको छ । कार्यालयका अनुसार यस अन्र्तगत आमाले नियमित गर्भजाँच गरेको, खोपलगायतका सेवा नियमित लिएको हुनुपर्ने जस्ता आधारमा स्वच्छ बच्चाको प्रतिस्पर्धा गराएर प्रोत्साहन स्वरुप पुरस्कार समेत दिने अभियान सञ्चालन गरिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: