विपद् व्यवस्थापनमा महिला तथा समावेशीकरण आवश्यक


प्रकाशित मिति :2017-02-23 16:11:52

महिला खबर

काठमाडौं । गृह मन्त्रालयका कानुन तथा फैसला महाशाखाका प्रमुख निर्मला अधिकारीले विपद् व्यवस्थापनमा महिला तथा समावेशीकरणको विषय आवश्यक रहेको बताउनुभएको छ ।

महिला कानुन र विकास मञ्चले आज आयोजित विपद व्यवस्थापन सम्बन्धी नीति, योजना र कानुनी व्यवस्थाहरुमाथि सञ्चाकर्मीसँग गरिएको छलफलमा महाशाखा प्रमुख अधिकारीले विपदको समयमा सबैभन्दा बढि महिला, बालबालिका, अपाङ्ग र अल्पसंख्यक समुदाय जोखिममा पर्ने भएकाले विपद व्यवस्थापनमा यी सबै समूह समावेश हुनुपर्ने बताउनुभयो ।

उहाँले दैवी प्रकोप (उद्घार) ऐन २०३९ धेरै पुरानो भएकोले समग्र विषय समेट्न नसकेको भन्दै प्रस्तावित विपद व्यवस्थापन विधेयक २०७३ ले सबै पक्षलाई समेटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो विधेयकमा विपद व्यवस्थापनले समट्ने क्षेत्र, विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य, विपद पुर्नलाभ, संरचनात्मक व्यवस्था र लैंङ्गिक तथा समाजिक समावेशीकरणको प्रयास र विपद जोखिम न्यूनीकरण समितिका बारेमा पनि प्रष्ट पारिएकोले विपद रहेका महिला, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक तथा अपाङ्ग विशेष योजना तथा कार्यक्रम बनाएर कार्यान्वय गरिने बताउनुभयो ।
‘बैशाख १२ गतेको भुकम्पमा परेका धेरैलाई हामी बचाउन सक्थ्यौं तर, पूर्व तयारी सम्बन्धी प्रभावकारी ऐन थिएन, त्यसैले यो विधेयक तयार पारेका छौं,’ महाशाखा प्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले संघीय संरचना अनुकूल बनाउने, भुकम्पको दौरान प्राप्त सिकाई, राहत रकम तथा सामाग्री संकलन, तत्कालीन राहत वितरण, पीडितको पहिचान लगायतका लागि विधेयक परिमार्जनको आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरि, कार्यक्रममा गृह मन्त्रालयका विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख शंकरहरि आचार्यले विपद्का बेलामा सबैभन्दा जोखिममा महिला, अपाङ्ग, गर्भवती, बालबालिका, जेष्ठ नागरिक र अल्पसंख्यक पर्ने भएकोले उनीहरुलाई सुरक्षित राख्नुपर्ने बताउनुभयो । उहाँले शौचालय, धारा लगायत आधारभूत कुराहरु अपाङ्ग तथा बालबालिका अनुकूल नभएको बताउनुभयो ।

‘हामीले बनाउने धारा, शौचालय बालबालिका र अपाङ्गको पहुँचमा छैन । उनीहरुले सहजरुपमा पानी खान पाउँदैनन्, त्यसैले उनीहरुलाई पनि सहज हुने खालका पूर्वाधार निर्माण गर्नुपर्छ’, प्रमुख आर्चायले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: