अन्तर्राष्ट्रिय नारी दिवसमा लोक दोहोरी र सडक नाटक


प्रकाशित मिति :2017-02-24 11:35:59

महिला खबर

रामेछाप । १०७ औ‌ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला तथा बालबालिका कार्यालय रामेछापले लोकदोहोरी प्रतियोगिता र सडक नाटक प्रदर्शन गर्ने भएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरी त्यही अनुरुपको तयारीमा कार्यालय लागेको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा महिला हिंसाका घटना निरन्तर भइरहेकाले पनि लोकदोहोरीका माध्यमबाट चेतना छर्दा सकरात्मक सन्देश जाने उहाँले बताउनुभयो ।

उहाँले सोही अवसरमा महिला हिंसा न्यूनीकरण गर्न चेतना प्रवाह गर्ने किसिमका सडक नाटक समेत प्रदर्शन गरिने जानकारी दिनुभयो ।
‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ १०७ आंै अन्तर्राष्ट्रिय नारी दिवस देशैभर फाल्गुण २५ गते मनाइदैं छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: