बालिका करणीको प्रयास


प्रकाशित मिति :2017-02-24 12:46:17

पार्वती पाण्डे

कपिलवस्तु । हर्दौनामा बिहिवार एक बालिकालाई करणीको प्रयास भएको छ । १२ वर्षिय बालिकालाई सोहि ठाउँका १८ वर्षिय सद्धाम हुसेन पठानले बिहिबार दिउँसो करणी गर्ने प्रयास गरेका थिए । गाईको गोबर बटुल्न खरबारीमा पुगेकी बालिकाको हात समातेर करणी प्रयास गरेपछि बालिका चिच्याएकोले स्थानीयले उनलाई उद्धार गरेका थिए ।

स्थानीयले बालिकालाई उद्धार गर्दा त्यहाँबाट भागेर घरभित्र लुकेका पठानलाई सीमा प्रहरी चौकी हरदौनाले पक्राउ गरी चौकीमा लगेको थियो । पीडकलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयले ढुंगा मुढा गर्दा सीमा प्रहरी चौकीमा केहिबेर झडप समेत भएको थियो ।

झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएको सीमा प्रहरी चौकीले जनाएको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइफायर र १० राउण्ड अश्रुु ग्याँस प्रहार गरेको र हाल स्थिती नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

आरोपीलाई जिल्ला प्रहरी कार्यालय र पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । १५ दिनको अन्तरमा जिल्लामा यो सहित चार वटा यौनहिंसाका घट्ना घटेका छन् । पकडिमा भएको सामूहिक बलात्कारका तीनजना आरोपी अझै फरार छन् । प्रहरीका अनुसार अन्य घटनाका अभियुक्तहरुलाई भने कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: