कारागारमै विवाह


प्रकाशित मिति :2017-02-24 13:43:30

महिला खबर

कालिकोट । जिल्ला कारागार कालिकोटमा रहेका कैदीको एक जोडीले बिहिवार जेलभित्रै विवाह गरेका छन् ।

राँचुलीका ३३ वर्षिय डिल्ली कोइराला र लालु घर भएकी ३० वर्षिया मिमकोशा बिष्टले कारागारमै विवाह गरेका हुन् ।

कोइराला श्रीमतीको हत्या गरेर जेल सजाय भोग्दै आएका छन् भने बिष्ट श्रीमान् हत्याको अभियोगमा जेल सजाय भोगिरहेकी छन् । दुवै एकै जेलमा कैद भुक्तान गर्दै आएका थिए ।

कोइराला २९ साउन ०६८ मा श्रीमती नन्दशोभा कोइरालाको हत्यापछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका थिए । बिष्ट १ असोज ०७२ मा श्रीमान् प्रेम बिष्टको हत्या गरेपछि अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएको जेलर संजय महतोले बताउनुभयो ।

बन्दीगृह भित्र महिला र पुरुषको छुट्टै बस्ने, खाने व्यवस्था छ । डिल्लीकी आमाले मिमकोशालाई बुहारी बन्न अनुरोध गरेको बिष्टको भनाइ छ, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ । मैले श्रीमानको हत्या गरें, डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उहाँसँगै विवाह गर्न मन लाग्यो ।’

उनीहरुले जेलभित्रै विवाह गरेपनि कानुनी रुपमा जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर संजय महतोले बताउनुभयो । कोइरालाले सातवर्ष कैद सजाय भोगेका छन् भने उनले ३ वर्ष अझै जेल कुर्नु पर्नेछ । त्यस्तै, बिष्टले पनि अझै ४ वर्ष सजाय भोग्न बाँकी छ । कोइरालाका दुई छोरा छन् भने विष्टका १ छोरा र ४ छोरी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: