बिक्रेट व्यवसाय रोज्दै विकट गाँउका महिला


प्रकाशित मिति :2017-02-26 12:51:49

विदुर आचार्य

सिन्धुपाल्चोक । अतरपुर गाविसको सिक्रे गाउँमा अहिले ८ वटा बिक्रेट उद्योग सञ्चालन भइरहेका छन् । ती उद्योगमा ३५ जनाले रोजगारी पाएका छन् जसमध्ये धेरै महिला छन् ।

फलामे चुल्होेमा प्रयोग हुने ब्रिकेट उद्योग स्थापना भएपछि स्थानीयले गाउँमै रोजगारी पाएका हुन् । रोजगारीसँगै उनीहरुले परम्परागत धुँवा आउने चुल्होबाट मुक्ति समेत पाएका छन् ।

०६५ तिर स्थापना भएका ती उद्योगमा स्थानीयवासीले रोजगारी पाएको र बाध्य भएर विदेश जानुपर्ने वाध्ता हटेको उद्योग सञ्चालक सानुमाया श्रेष्ठ बताउँछिन् ।

तौथलीकी धनमाया श्रेष्ठ बायोबिक्रेट बनाउँछिन् । उनी घर नजिक रहेको वनमारा, उनिउँ लगायत झारपात संकलन गरेर गोल बनाउने, माटो मिलाएर मुछ्ने र फर्मामा आकार मिलाएर सुकाउने र बिक्रेट तयार पार्ने गर्छिन् । एक वर्षदेखि यो काम गर्दै आएकी श्रेष्ठलाई यो व्यवसाय फाइदामूलक भएको छ ।

धनमायालाई बिक्रेट बनाउन घरेलु तथा साना उद्योग विकास समिती र लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सिन्धु विकास केन्द्रले सिकाएको हो । उनी अहिले व्यापारिक प्रयोगका लागि समेत बिक्रेट बनाउने गर्छिन् । ‘घर नजिक चाहिएजति झाडी छन्, त्यसैबाट गोल बनाउने हो’, उनी भन्छिन्, ‘बिक्रेट वनाउन थालेपछि घर व्यवहार चलाउन समेत सजिलो भएको छ ।’

धनमायासँगै तालिम लिएका अन्य ११ जना महिला पनि बिक्रेट बनाउने काम गर्छन् । उनीहरुले तयार पारेको बिक्रेटले पूरै गाँउलाई पुग्ने बताउँछिन् लालिगुराँस महिला समूहकी सचिव रचिता श्रेष्ठ ।

झारपातको सदुपयोगबाट बनाईने हुँदा बिक्रेट वातावरण मैत्री भएको घरेलु तथा साना उद्योग विकास अधिकृत कल्पना शर्माको भनाई छ । सहज, व्यवहारिक र आधुनिक समेत भएको र महिलाकै सक्रियतामा बिक्रेट बन्नु र घरका चुल्हो महिलाले सम्हाल्ने चलनले महिला शसक्तिकरणमा समेत सहजता हुने अधिकृत शर्माको तर्क छ ।

ब्रिकेट उत्पादनको मुख्य समय कात्तिकदेखि वैशाखसम्म हो । वैशाख १५ गतेपछि उद्योग बन्द रहन्छन् । उक्त समयमा उद्योगले पुरानै उत्पादन बिक्री वितरण गर्ने गरेका छन् । अहिले यस उद्योगमा दुई लाख प्रति ब्रिकेट उत्पादन गरी भण्डारण गरिएको छ ।

सामान्यतया धानको भुस, कागज, काठको धूलो, वनमारालगायतका झारपात, पातपतिङ्गर तथा खेतीपातीबाट आउने कृषि अवशेषहरूको प्रयोग गरेर ब्रिकेट बनाइन्छ । उद्योगीहरुका अनुसार झारपात, काठको धूलो तथा पातपतिङ्गर डढाएर बनाइएको ब्रिकेटलाई कार्बनाइज्ड ब्रिकेट र धूलो बनाएर मात्र बनाइएको ब्रिकेट खैरो रङको हुन्छ ।

नवजात शिशु सेक्न तथा कोठा न्यानो बनाउन मात्र प्रचलनमा रहेको ब्रिकेट घर मात्र होइन होटल, रेस्टुरेन्ट, उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूमा पनि प्रयोग हुन थालेपछि यसको माग बढ्दै गएको छ । यसले अन्ततः बिक्रेट उत्पादनलाई व्यवसायिक रुपमा लगिरहेका महिलालाई नै फाइदा भएको छ ।

पहिला जाडो मौसममा बिक्री हुन्थ्यो, अहिले बिक्री बढेको छ’, हिमालयन नेचुरल्सका प्रबन्ध सञ्चालक सुशील ज्ञवाली भन्छन् । जिल्लामा उत्पादित ब्रिकेट खरिद गरी बिक्री वितरण गर्दै हिमालयन नेचुरल्सले एक समय वर्षदिनमा १० लाख वटासम्म ब्रिकेट बिक्री गरेको थियो ।
सिन्धुपाल्चोकका आठ उद्योगले वार्षिक एक लाख भन्दा बढी ब्रिकेट उत्पादन गरिरहेका छन् । ०६३ सालदेखि ब्रिकेट बनाउन थालेकी अत्तरपुर ताम्चेकी कमला श्रेष्ठ त्यतिबेला वार्षिक दुई हजार वटा ब्रिकेट बनाउँदा पनि बजार नपाएको सुनाउँछिन् । ‘अहिले वर्षको एक लाखभन्दा बढी ब्रिकेट उत्पादन गरिरहेका छौं, ताम्चे ब्रिकेट उद्योगका सञ्चालक श्रेष्ठ भन्छिन् ।

जल तथा ऊर्जा आयोगको सन् २०१० को प्रतिवेदन अनुसार, मुलुकमा ८७ प्रतिशत परम्परागत, १२ प्रतिशत व्यापारिक र १ प्रतिशत नवीकरणीय ऊर्जाको प्रयोग भइरहेको छ । नवीकरणीय उर्जाको माग बढेसँगै बिक्रेट व्यवसाय फस्टाएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी उषा पाण्डे भन्छिन घरायसी प्रयोगका लागि कार्बनडाइज्ड बिहाइभ (बीचमा प्वाल भएको गोलो) ब्रिकेट प्रयोग भइरहेको बताउँछिन् । उद्योगहरूमा भने कोइलाको रूपमा प्रयोग गर्न सकिने ब्रिकेट (पेलेट) तथा दाउरा आकारका ब्रिकेट प्रचलनमा छ । ‘फर्निचर उद्योगबाट निस्कने ७५ प्रतिशत काठको धूलो खेर गइरहेको छ, त्यसलाई ब्रिकेट बनाउन उपयोग गर्न सकिन्छ, यसबाट अझै धेरै महिलाले रोजगार पाउन सक्छन्’, पाण्डे भन्छिन् ।

स्वदेशमै निर्मित झारपातबाट बनाइएको चारकोल (ब्रिकेट प्यालेट) को तापीय शक्ति आयातित कोइलाको भन्दा बढी हुने भएकोले यसको माग बढ्दै गएको पाण्डेको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: