स्वदेशमै रोजगारी सिर्जना गर्नु आवश्यकः भवानी राणा


प्रकाशित मिति :2017-02-26 13:14:49

विदुर आचार्य

सिन्धुपाल्चोक । युवा महिलाको विदेश मोह न्यूनिकरण गर्न जिल्लामा प्रशस्त उद्योग संचालन हुनुपर्ने नेपाल उद्योग वणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताउनुभएको छ ।

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको पुनर्निमित भवन उद्घाटन कार्यक्रममा बोल्दै राणाले महिला व्यवसायीलाई संघको नेतृत्वमा आउन समेत अनुरोध गर्नुभयो । ‘यो जिल्लाका युवाले वैदेशिक रोजगारीको नाममा धेरै समस्या भोगेको सुन्दै आएको छु, यहाँको अलैची तथा

कफीमा भएको प्रशस्त सम्भावनालाई सदुपयोग गर्दै स्वरोजगार बन्नुहोस्,’ राणाले भन्नुभयो । उद्योग संचालन गरे रोजगारीको ठूलो संभावना जिल्लामै पाउन सकिने राणाको भनाई थियो ।

महिला व्यवसायीलाई थप उत्प्रेरित हुन राणाले अनुरोध गर्नुभयो । स्थानीय तहको निर्वाचनपछि व्यवसायीको समस्या निराकरण हँुदै जाने उहाँको तर्क छ ।

भूकम्पका कारण क्षतविक्षत भएको उद्योग वाणिज्य संघको भवन उद्योगी व्यापारीवाट संकलित ५६ लाख सहयोगबाट पुनर्निर्माण भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: