बालिका मृत फेला


प्रकाशित मिति :2017-02-26 14:08:20

महिला खबर

सुनसरी । जिल्लाको चाँदवेलामा एक बालिका मृत भेटिएकी छन् । स्थानीय रामपुकार मोडियारीको ११ वर्षिया छोरी अमिताकुमारी मोडियारीको मृत अवस्थामा भेटिएकी हुन् ।

दुईदिन अघि गाँउमा भएको विवाह हेर्न गएकी बालिकाको शनिवार शव फेला परेको हो । फागुन १२ गते उनी स्थानीय बुदे मोडियारीका छोरा र रञ्जित मोडियारीको छोरीको विवाह हेर्न गएकी थिइन् । विवाह सकिएपछि पनि घर नआएपछि खोजतलास गर्ने क्रममा घर नजिकै पानीको ह्यूमपाईपभित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बालिकालाई कसैले मारेर ह्युमपाईपको कल्भर्टमुनि फ्याँकेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ । जिल्लामा यो आर्थिक वर्षमा ६ जना महिलाको हत्या भइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: