वृद्धवृद्धालाई बैंकबाट भत्ता लिन समस्या


प्रकाशित मिति :2017-02-26 15:16:33

यमुना खनाल

सिरहा । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकबाट उपलब्ध गराउन थालेपछि आफुहरुलाई थप समस्या भएको जेष्ठ नागरिक तथा एकल महिलाहरुले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता रकममा भएको अनियमितता रोक्न बैंकबाट मात्र रकम दिने नीति सरकारले ल्याएपनि बैंकको झन्झटिलो प्रक्रियाले वृद्धवृद्धालाई भत्ता लिन असहज भएको छ । यसमाथि बैंकबाट कहिल्यै कारोबार नगरेका वृद्धवृद्धालाई भत्ता लिन सबैभन्दा मुश्किल परेको देखिन्छ ।

बैंकमा धेरै पटक धाउनुपर्ने, भनेको समयमा काम नहुने जस्ता झन्झट भएको उनीहरुले बताएका छन् । ‘बल्ल तीन पटक बैंक धाउँदा पैसा पाएँ’, लहान नगरपालिकाकी धनमती चौधरीले बताउनुभयो ।

बैंकले कहिले खाता रोकिएको, कहिले नाम नमिलेको भन्दै फर्काएको उहाँले बताउनुभयो । ‘बैंकमा आएर दिनभरी लाईन बस्यो अनि अन्तिममा यो मिलेन त्यो मिलेन भन्छन् । फेरि अर्को दिन आउनुपर्छ । भत्ता पाउने भन्दा बढी हैरानी भएको छ’, उहाँको गुनासो छ ।
पढाई लेखाई नभएका वृद्धवृद्धा तथा एकल महिलालाई झन् एक पटक गएको बैंक दोस्रो पटक पहिल्याउनै गाह्रो हुने गरेको उनीहरु बताउँछन् । लहान नगरपालिका जहदीकी समिश्रा सदायलाई पहिला गएको बंैक पुग्नै नसकेर चार पाँच पटक बजार घुम्नुपर्यो । ‘हामी जस्ता बुढाबुढीलाई गाँउमै दिएको राम्रो’, उहाँले भन्नुभयो ।

यता लहान नगरपालिकाकी कौसिला महतोलाई भने बंैकले केवाइसी (ग्राहक पहिचान फाराम) फारम भर्नु भन्दै फर्कायो । एकछिन त उहाँ के हो बुझ्नै नसकेर रणभुल्लमा पर्नुभयो । बंैकमा सोध्दा फेरी पनि कर्मचारीहरुले केवाइसी भर्नुस् भनेर जवाफ दिए । त्यसपछि उहाँ आफुले

पैसा नपाएको कारण बुझ्न नगरपालिका जानुभयो, त्यसपछि बल्ल खाता रोक्का भएको उहाँले थाहा पाउनुभयो ।

महतोले एकल महिलाले पाउने प्रति महिना पाँच सय रकम बुझ्न चार पटक बैंक धाउनु परेको गुनासो गर्नुभयो ।

लहान नगरपालिका बस्दवतीपुरकी एकावती यादवले सरकारले दिने सुविधा लिन आकाशको फल टिप्नु जस्तै भएको बताउनुभयो ।
बैंकका कर्मचारीहरु भने जेष्ठ नागरिकलाई अशिक्षाको कारणले समस्या भएको तर आफुहरुले सहज सेवा दिईरहेको बताउँछन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: