छाउगोठ मुक्त गाउँका महिला अझै गोठमै


प्रकाशित मिति :2017-02-26 17:09:44

शिवराज खत्री

अछाम । गाविस कार्यालयको परिसरमा सहभागी महिलाको कुल संख्या ७६ । यसमध्ये महिनावारी हुँदा गोठमै बस्नेको संख्या २५ । गोठ त गोठ तर, परम्परागत भन्दा केहि सुरक्षित गोठमा बस्ने महिलाको संख्या १४ । महिनावारी हुँदा घरमै बस्छु भन्नेको संख्या ३७ । यो तथ्याङ्क छाउपडी गोठ मुक्त घोषणा भइसकेको अछामको गाज्रा गाविसको हो ।

यो महिला तथा बालबालिका सेवा केन्द्र जिल्ला कार्यकारिणी सञ्जालले गाज्रामा गरेको महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रियामा उपस्थित महिला स्वयंले बताएको तथ्य हो ।

गाविसमा पछिल्लो तीन महिनामा जम्मा तीन महिला मात्र महिनावारी हुँदा घरमा बसेका छन् । गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको गत पुस २ गते राती छाउ गोठमा ज्यान गएपछि तीन महिलाले गोठ छोडेर घर बस्न थालेको सुनाए । सिंगो गाविसमा रोशनी सुतेको गोठवाहेक अन्य गोठ भत्किएका छैनन् । ९ असोज ०७२ मा गाज्रा छाउपडी गोठमुक्त घोषणा भएको थियो ।

सुरक्षित रुपमा गोठमा बस्ने भनिएका महिला प्रायः शौचालयमाथि तला थपेर बनाइएको कोठामा सुत्ने गरेका पाइएको छ । सुरक्षित भनिएका त्यस्ता गोठ पनि अधिकांश हावा छिर्न नसक्ने गरी निर्माण गरिएका छन् । त्यस्ता गोठमा खासगरि हिँउद याममा आगो बालेर सुत्दा अक्सिजनको कमिले निसासिएर महिलाले ज्यान गुमाउने गरेका घटना बढि हुने गरेको देखिन्छ ।

तथ्याङ्कले पनि पछिल्लो १५ वर्षको अवधिमा छाउ गोठमा ज्यान गुमाउने अधिकांश महिलाको मृत्यु जाडोमा आगो बाल्दा गोठभित्र निसासिएका कारण भएको बताउँछ । यस अवधिमा छाउगोठमा ज्यान गुमाउने कुल १२ महिलामध्ये १० को ज्यान मंसिरदेखि फागुन महिनाभित्र गएको देखिन्छ ।

‘जाडोको समयमा आगो बालेर सुत्ने र धुवाँ बाहिर जान नसक्ने गरी भएका प्वालहरु पनि बुझ्ने गरेकाले गोठमा निसासिएर मृत्यु हुनेको संख्या अत्यधिक छ’, महिला तथा बालबालिका सेवा केन्द्रका जिल्ला कार्यकारीणी समितिका अध्यक्ष सरस्वती रावलले भन्नुभयो, ‘सुरक्षित भनिएका गोठ समेत हावा नछिर्ने गरी बनाईएकाले जोखिम उस्तै छ ।’
धेरै महिलाले देवी देवताको डर, घरका बुढापाकाको भनाइ, साँघुरो घर जस्ता कारणले चाहेर पनि घरमा बस्न नसकिएको सुनाए । ‘घरमा बस्ने इच्छा छ तर, परिवारले बस्न दिदैनन्’, महिला स्वास्थ्य स्वयंसेविका सीता खड्काले भन्नुभयो, ‘परिवार नमान्दा महिलाले चाहेपनि घरमा बस्न नसकिने अवस्था छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: