स्वस्थ बालबालिका प्रतियोगिता


प्रकाशित मिति :2017-02-27 11:24:25

बेलिना थापा

लमजुङ । पाँचौं स्वास्थ्य सेवा दिवसको अवसरमा सदरमुकाम बेशीसहरमा स्वस्थ्य बालबालिका प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत जन्मेदेखी ६ महिनाभित्रका समिर राउत पहिलाे, रोश्ना श्रेष्ठ दोस्रो र इसिका श्रेष्ठ तेस्रो भएका छन् ।

यस्तैगरी, ६ महिनादेखि १ बर्षसम्ममा दिप तामाङ पहिलाे, सफल थापा दोस्रो र सुर्दशन देउजा तेस्रो भएका छन् । यस्तै, एक बर्षदेखि २ बर्ष सम्मका लिजन बुढाथोकी प्रथम, मिलन शाह दोस्रो र शसिन गुरुङ तेस्रो भएका छन् ।

बिजयी स्वस्थ बालबालिकाहरुलाई सर्बोतम मिठो, २ वटा बेबी स्याम्पु, ३ वटा साबुन वितरण गरीएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय लमजुड र अपांग संरक्षण समाज लमजुडको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एक सय २१ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको अपांग संरक्षण समाज लमजुडका सचिव सिताराम बसेलले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: