आश्रममै सेवा पाउँदा वृद्धवृद्धा हर्षित


प्रकाशित मिति :2017-02-27 15:39:52

बेलिना थापा

लमजुङ । पाँचौं स्वास्थ्य सेवा दिवसको अवसरमा राइनास नगरपालिकास्थित सर्वोदय सेवा आश्रममा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जिल्लास्तरीय कार्यक्रम समितिको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा जिल्ला सामुदायिक अस्पताल बेशीसहरको प्राविधिक सहयोग रहेको थियो ।

शिविर संचालन हुनुभन्दा पहिले जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादक्त चापागाईले कार्यक्रमको बारेमा जानकारी गराउनुभयो ।

उहाँले हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको दिवस यो वर्ष वृद्धाआश्रममा मनाइएको बताउनुभयो । उहाँले हरेक नागरिक स्वस्थ भएमा देश स्वस्थ हुने भन्दै स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले विभिन्न कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो ।

जिल्लास्तरीय कार्यक्रम समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जुनसुकै संघसंस्था, कार्यालयहरुले संचालन गर्दै आएको कार्यक्रम भाषणमा मात्र सिमित भएपनि सर्वोदय सेवाआश्रममा सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले जिल्लाका कुना–कुनामा रहेका नागरिकहरुले अझै पनि सरकारले दिने सेवा नपाएको, सस्तो र सुलभ स्वास्थ्य सेवा नपाएको र खासगरि स्वास्थ्य सेवाबाट विपन्न वर्ग वञ्चित हुनुपरेको भन्दै अबका दिनमा कार्यक्रमहरु गाउँ केन्द्रीत हुने उल्लेख गर्नुभयो ।

शिविरको सुरुवात वृद्धाश्रममा आश्रय लिइरहनुभएकी ८५ वर्षिया ताराकुमारी पाण्डेको स्वास्थ्य परिक्षणबाट गरिएको थियो । बाग्लुङ घर भएकी पाण्डे ३ वर्षदेखी आश्रममा बस्दै आउनुभएको छ । उहाँलाई आफ्ना भाईबहिनीले आश्रममा राखीदिएका हुन् ।

पाण्डेसंगै आश्रममा रहेका सबै वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा जिल्ला सामुदायिक अस्पताल बेशीसहरका डा. धिरज महराले सेवा दिनुभएको थियो । आश्रममै सेवा पाउँदा जेष्ठनागरिकहरु निकै हर्षित भएका देखिन्थे । स्वास्थ्य जाँचका लागि अस्पतालसम्म जान असजिलो हुने भन्दै वृद्धवृद्धाले आँगनमै सेवा दिएकोमा खुशी मानेका थिए ।

उनीहरुले आगामी दिनमा पनि यस्तै कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आश्रममा हाल ७ महिला र ७ पुरुष गरी १४ जना आश्रित रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: