पाठेघर र स्तन क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने


प्रकाशित मिति :2017-02-27 17:05:38

महिला खबर

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पाठेघर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मन्त्रालयको आगामी योजनाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा मन्त्री खड्काले पाठेघर, पाठेघरको मुखको र स्तन क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने गरी रोगीको निःशुल्क उपचार गरिने बताउनुभयो ।

मन्त्रालयको आगामी वर्षको योजनामा देशका कुनै पनि भूगोलका महिलामाथि भएका घरेलु हिंसा लगायत सबै प्रकारका हिंसाका घटनामा पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार गर्ने, मनोवैज्ञानिक परामर्शका साथै पुनस्र्थापनाको जिम्मा राज्यले लिई यसको लागि आवश्यक सम्पुर्ण खर्च बेहोर्ने भन्ने रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसहसचिव तथा प्रवक्ता तोयम रायाले जानकारी गराउनुभयो । उहाँले मन्त्रालयले यसको सम्बोधनका लागि ‘तत्काल जिम्मेवार समूह’ बनाइएकोे बताउनुभयो ।

त्यसैगरी आर्थिक रुपमा महिलालाई सशक्त बनाएमा महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले आयमूलक सीप प्रदान गरेर उत्पादन, बजार र रोजगारसँग जोड्न ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम फागुन २३ बाट शुरु हुन लागेको प्रवक्ता रायाले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा मन्त्रालयको आगामी वर्षको कार्यक्रमबारे जानकारी गराउँदै प्रवक्ता रायाले कारागारमा रहँदा र कारगारबाट मुक्त भएपछि जीवनयापन र आर्थिक व्यवसाय गर्न काठमाडौँ कारगारमा रहेका महिलाका लागि कारगारमै आयमूलक सीप प्रशिक्षण दिइने बताउनुभयो ।

हिंसा पीडित महिलाका लागि पुनस्र्थापना, महिला अध्ययन, आर्थिक गतिविधि समेत सञ्चालन गर्नको लागि प्रत्येक प्रदेशमा एक एक वटा बहुउद्देश्यीय केन्द्र (महिला ग्राम) सञ्चालन गर्ने तथा अपाङ्ग ग्राम लगायतका कार्यक्रमहरुबारे योजना प्रस्तुत गरिएको थियो ।

महिला विज्ञको समूह गठन

कार्यक्रममा महिलाका नीति, योजना जस्ता विषयमा अध्ययन गरी मन्त्रालयलाई सल्लाह सुझाव र सहयोग गर्नका लागि महिला विज्ञ समूह गठन गरिएको छ । समूहमा चाँदनी जोशीको स्रयोजकत्वमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्ता श्रेष्ठ सदस्य रहेका छन् ।

समूहले महिला अधिकार, नीतिगत योजना कार्यक्रम र अन्य विषयमा अध्ययन गरी मन्त्रालयलाई सल्लाह सुझाव र सहयोग गर्ने काम गर्ने बताइएको छ ।

एकतीस बाल उद्यान स्थापना

मन्त्रालयले ७५ जिल्लाका बालबालिकाका लागि खेलकुद, मनोरञ्जन र शारीरीक अभ्यासका लागि सुन्दर बगंैचा सहितको बाल उद्यान स्थापना गर्ने लक्ष्य राखेको छ । यसका लागि यसै आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य राखेको छ भने आगामी आर्थिक वर्षमा २१ वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य राखेको छ ।

पाँच सयभन्दा बढी दिवा सेवा केन्द्र स्थापना

यो आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा नेपालभरी ५ सय ३० वटा दिवासेवा केन्द्र स्थापना गर्ने मन्त्रालयले लक्ष्य लिएको छ । यस अन्तर्गत देशका सबै स्थानीय तहमा न्यूनतम एउटा रहने गरी देशभर दिवा सेवा केन्द्र स्थापना गरिने कार्यक्रम रहेको छ । दिवासेवा केन्द्र लक्ष्य अनुरुप आर्थिक वर्ष ०७४÷०७५ मा नेपालभरी ४ सय ९० वटा र यसै आर्थिक वर्ष ४० वटा सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ । यसैगरि आउँदो वर्षमा प्रत्येक प्रदेशमा एउटाको दरले नमूना सःशुल्क वृद्धाश्रम निर्माण गरिने कार्यक्रम राखिनेछ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: