श्रीमतीको नाममा पत्रकार पुरस्कार स्थापना


प्रकाशित मिति :2017-02-28 15:38:02

महिला खबर

सुनसरी । मोरङमा एक व्यक्तिले श्रीमतीको सम्झनामा पचास हजार राशीको सूचनाको अधिकार पुरस्कार स्थापना गरेका छन् । विराटनगर–१५ का केदारबहादुर बस्नेतले श्रीमती षष्टिका बस्नेतको स्मृतिमा नेपाल पत्रकार महासंघ मोरङ अन्तर्गत रहनेगरि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार स्थापना गरेका हुन् ।

सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर अर्थात चैत १६ गते सो पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । पुरस्कारका लागि ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा बस्नेतले सात लाख रुपैयाँकोे चेक नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

पुरस्कार स्थापना गर्न लागिपर्नुभएका बस्नेतले सूचनाको अधिकार कार्यान्वयनका लागि सहयोग पुग्ने उद्देश्यले पुरस्कार कोष स्थापना गरिएको बताउनुभयो । विराटनगरस्थित सिर्जना फाइनान्समा राखिएको अक्षयकोषको प्रति वर्ष ११ प्रतिशत व्याज दिनेगरी ५ वर्षको सम्झौता गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: