रेडियो मुक्ति बुटवलको नेतृत्वमा गोमा आर्चाय


प्रकाशित मिति :2017-03-01 13:51:03

अस्मिना पाण्डे

 

बुटवल । महिलाहरुको सामुहिक आवाज रेडियो मुक्ति ९५.५ को अध्यक्षमा गोमा आचार्यलाई चयन गरिएको छ ।

महिला समानताका लागी सञ्चार अभियानले सञ्चालन गरेको रेडियो मुक्तिको सोमबार सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो ।

अधिवेशनले गोमा आचार्यको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खेमकुमारी पोख्रेल (दिपु), सचिवमा कल्पना तिवारी, सह–सचिवमा इन्दिरा आचार्य, कोषाध्यक्षमा अमृता अनमोल रहनुभएको छ ।

यसैगरि सदस्यहरुमा बिन्दु थापा, माया क्षेत्री, शुशीला पोख्रेल, धर्मकुमारी न्यौपाने, तारा ज्ञवाली, रीता केसी रहनुभएको छ । महिला समानताका लागी संचार अभियानले सञ्चालन गरेको रेडियो मुक्ति बुटवल दैनिक अठार घण्टा प्रसारण हुँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: