बालिकाको शंकास्पद मृत्यु भन्दै प्रदर्शन


प्रकाशित मिति :2017-03-01 15:53:42

सुनसरी । धरानमा धर्मपुत्रीको रुपमा राखिएकी १३ वर्षिया एक बालिकाको सोमबार बेलुकी शंकास्पद मृत्यु भएको छ । बालिकाको हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् भने अधिकारकर्मीहरुले किशोरीको संकास्पद मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

धरान जोरसखुवाका बलिमान राई र पदमकुमारी राईले १० वर्ष अघिदेखि धर्मपुत्रीको रुपमा पाल्दै आएका अनुशा राईको शंकास्पद मृत्यु भएको भन्दै उजुरी परेको हो ।
बाल अधिकारको क्षेत्रमा कार्यरत उप्का नेपाल, धरानको बाल अधिकार संरक्षण र वडा नागरिक मञ्चले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् ।

राई दम्पतीले बालिकाले धानमा लाग्ने किरा मार्ने औषधी खाएर मृत्यु भएको दाबी गरेका छन् । बालिका स्थानीय सियोन स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् ।
स्थानीयले भने बालिकालाई राई दम्पतीले दैनिक यातना दिने गरेको आरोप लगाएका छन् । आक्रोशित केही स्थानीयले हिजो बेलुका वलिमानको घरमा तोडफोड समेत गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दर्जन बढि अश्रु ग्याँस प्रहार गरेको थियो ।

राई दम्पतिले पनि बालिकाको पोष्टमार्टम गरिपाउँ भनि प्रहरीमा उजुरी गरेका छन् । प्रहरीका अनुसार बालिकाको शव पोष्टमार्टमको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: