माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, ९ घाइते


प्रकाशित मिति :2017-03-01 16:09:22

महिला खबर

कालिकोट । जिल्ला सदरमुकाम नजिकैको ताडीमा आज दिउँसो माटोको ढिस्कोले पुरिँदा ताडी गाउँका एक महिलाको मृत्यु भएको छ भने अन्य ६ महिला सहित ९ जना घाइते भएका छन् ।

डोजरले घर बनाउन जग खन्दै गरेको स्थान नजिकै एकै गाउँका सात जना महिला घर पोत्ने माटो निकाल्ने भन्दै पुगेका थिए । सोही समयमा माथिबाट खसेको ढिस्कोले महिलाहरु पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मृत्यु हुनेमा मान्म ताडी ८ की २८ वर्षिया सीता पाण्डे रहेकी छन् । यसैगरि, घाइते हुने महिलामा बिन्दु पाण्डे (१८), कलहरी पाण्डे (२६), अम्बिका देवकोटा (१८), कमला पाण्डे (१५), वर्षिया बुची पाण्डे (६५), आइती विक (४०), सोनिमा पाण्डे (२८) र अन्य दुई पुरुष बुद्धि पाण्डे (२२) र सर्जन पाण्डे (उमेर नखुलेको) रहेका छन् ।

घाइतेमध्ये आइती विक, कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: