अधिवेशन गर्न संचारिका चितवनको अपिल


प्रकाशित मिति :2017-03-01 17:59:42

महिला खबर

चितवन । संचारिका समूह चितवनको बुधबार बसेको बैठकले पत्रकार महासंघ चितवनको स्थगित ११ औं अधिवेशन तत्काल गर्न अपिल गरेको छ ।

तय भएको निर्वाचन स्थगित गर्दा थप समस्या सृजना हुने भएकाले उठेका मागको सम्बोधन र समाधान गर्दै नयाँ मिति घोषणा गर्न समेत समूहले माग गरेको छ ।

भरतपुरमा  समूहका अध्यक्ष सृजना अर्यालको अध्यक्षतामा बसेको बैठकले महासंघ शाखाको निर्वाचनमा सकेसम्म पुरुष बराबर नभए कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अपिल गरेको छ ।

मूख्य पद र सदस्य सहित केन्द्रीय तथा प्रादेशिक पार्षदमा सकेसम्म बढी  पत्रकार महिलाको सहभागिता गराउन विभिन्न पत्रकार संघ संगठनसँग समन्वय गरिने निर्णय समेत बैठकले गरेको छ । यसैगरि, सबै समूह, वर्ग, लिङ्ग र क्षेत्रमा आवद्ध क्रियाशिल पत्रकार महिलालाई सम्मानजनक र समावेशी प्रतिनिधित्वका लागि सहयोग गर्न समूहले सबैसँग आग्रह गरेको छ । साथै, निर्वाचनमा सम्पूर्ण महिला एकढिक्का भई सहभागी हुनेमा समूहले विश्वास गरेको छ ।

समूहले पत्रकार महासंघले थालेको शुद्धीकरण अभियानमा ऐक्यवद्धता जनाउदै कृयाशिलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । पत्रकार महासंघको विधान बमोजिम योग्यता पुगेका पत्रकार महिलालाई सदस्यता दिलाउन समूहले चितवन शाखा लगायत सबै पत्रकार संघ संगठनसँग माग गरेको छ ।

साथै समूहले आगामी स्थानीय निर्वाचनमा महिला सहभागिता बढाउने खालका कार्यक्रम तथा समाचार सम्प्रेषणमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । नजिकिँदै गरको अन्तराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा समूहले विशेष कार्यक्रम गर्ने जानकारी दिएको छ ।

पत्रकार महिलाको हकहितका लागि समूहले विभिन्न कार्यक्रम, बहस पैरवीसँगै आन्तरिक छलफल गर्ने निर्णय बैठकले पारित गरेको समूहका उपाध्यक्ष चाँदनी हमालले उल्लेख गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: