२६ क्याम्पसमा महिला नेतृत्व


प्रकाशित मिति :2017-03-02 14:53:57

महिला खबर

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बुधबार भएको निर्वाचन अन्र्तगत २६ क्याम्पसमा महिला नेतृत्व आएको छ । २ सय ३७ क्याम्पसमा भएको निवार्चन मत परिणाम अनुसार २६ क्याम्पसमा महिला विजयी भएका हुन् ।

जसमध्ये नेकपा एमाले निकट अनेरास्ववियूको ११, नेपाली कांग्रेस निकट नेविसंघको १० र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीनिकट ५ जना महिला अध्यक्षमा विजयी भएको सम्बन्ध संगठनहरुले दावी गरेका छन् । हालसम्मको मत परिणाम अनुसार नेविसंघले ९७ क्याम्पसमा जितेको नेविसंघको सहमहामन्त्री प्रेम जोशीले दावी गर्नुभयो ।

त्यस्तै अनेरास्ववियुले ८० क्याम्पसमा र अखिल क्रान्तिकारीले ४३ क्याम्पसमा जितेका अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६० आंगिक र १ हजार ८४ सम्बन्धन प्राप्त क्याम्पस छन् । कतिपय क्याम्पसको निर्वाचन जारि रहेको र कतिपय क्याम्पसको निर्वाचन स्थगित भएको जनाएको छ ।

महिला नेतृत्व आएका क्याम्पसको नामावली :

अनेरास्ववियुनिकट महिला अध्यक्ष

१. त्रिदेव क्याम्पस, झापा( लक्ष्मी न्यौपान)े
२. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी (शितल थापा)
३. जालपादेवी क्याम्पस, धनकुटा (सावित्रा घिमिरे)
४. कुसादेबी क्याम्पस (मन्दिरा घिमिरे)
५. सिद्धार्थ सामुदायिक क्याम्पस, स्याङ्जा (प्रतिष्ठा कार्की)
६. खापरदेव क्याम्पस, बझाङ (पुजा कार्की)
७. खोटाङ क्याम्पस, खोटाङ (सन्तोषी फुयाँल)
८. कानपुर क्याम्पस, काभ्रे (सुनिता तामाङ)
९. जनक क्याम्पस, भकुन्डे काभ्रे (सरला दाहाल)
१० . सेती क्याम्पस, बझाङ (बिमला अवस्थी
११ . जितपुर क्याम्पस, धनकुटा (प्रतिमा श्रेष्ठ)

नेविसंघनिकट

१.खप्तड बहुमुखी क्याम्पस, तेरथुम (पवित्रा पौडेल)
२. आदीकवी भानुभक्त क्याम्पस, तेह्रथुम (दुर्गा भण्डारी)
३. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख (रमाकुमारी नेपाली)
४. आवुखैरेनी बहुमुखी क्याम्पस,तनहुँ (पुर्णिमा थापा)
५. विरगञ्ज नर्सिङ्ग क्याम्पस, पर्सा (प्रशन्सा पाण्डे)
६. रैलेश्वर बहुमुखी क्याम्पस,कन्चनपुर (आशा भट्ट)
७. पोखरा नर्सिङ क्याम्पस,पोखरा (अनामिका बस्नेत)
८. रुवाकोट महाशिला बहुमुखी क्याम्पस,पर्वत (सिर्जना मल्ल ठकुरी)
९. शंकपुर क्याम्पस, दार्चुला (कमला पन्त)
१०. खप्तड बहुमुखी क्याम्पस, तेरथुम (पवित्रा पौडेल)

अखिल क्रान्तिकारीतर्फ

१. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ (संगिता भुजेल)
२ . जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी (सिर्जना घिमिरे)
३. धुर्कोट पर्मानन्द भण्डारी क्याम्पस, गुल्मी (शितल थापा)
४. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी गोर्खा (मिना पन्त)
५. गुरास बहुमुखी क्याम्पस, बर्दिया (धनशरा जैसी)

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: