‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’


प्रकाशित मिति :2017-03-02 16:38:14

महिला खबर

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष ‘महिला सम्मानको आधार : सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ दिवस मनाइने कार्यक्रम रहेको छ ।

मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो दिन विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ । सो अवसरमा पेशागत पोशाक सहित भुकुटीमण्डप, शहिदगेट, रत्नपार्क हुँदै शान्तिवाटिका सम्म र्‍याली समेत निकालिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष अंग्रेजी महिनाको मार्च ८ मा श्रमिक महिलाको सम्मानमा विश्वभर महिला दिवस मनाइन्छ । यो दिनलाई महिलाको हक अधिकारका साथै राजनैतिक, सामाजिक, आर्थिक र साँस्कृतिक विकासको आवाज उठाउने दिनको रुपमा पनि स्मरण गरिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: