इटहरीमा आजबाट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु


प्रकाशित मिति :2017-03-03 14:22:00

लिलाराज भटराई

सुनसरी । इटहरीमा अाजबाट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७३ शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा स्थानीय इटहरी क्रिकेट एकेडेमीको ब्यवस्थापनमा भएकाे प्रतियोगितामा समुह क बाट शसस्त्र प्रहरीको महिला टिम, मध्यपश्चिमाञ्चल टिम र पश्चिमाञ्चल टिमको सहभागता रहेकाे छ । यसैगरी समुह ख बाट प्रूर्वाञ्चल अर्थात सातौ महिला क्रिकेटको डिफेन्डिङ च्याम्पियन टिम, मध्यमाञ्चल टिम र सुदूरपश्चिमाञ्चल टिमको सहभागिता रहेकाे छ ।

नेपालका चर्चित यी ६ टिमबीच हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले नगद १ लाख रुपियाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले नगद ५० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छ । सर्वोत्कृष्ठ खेलाडीले नगद १० हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

त्यस्तै बेष्ट ब्याट्सम्यानले नगद ५ हजार र ट्रफि, बेष्ट बलरले नगद ५ हजार र ट्रफि तथा प्रत्येक म्याचमा म्यान अफ द म्याचको उपाधी प्रदान गरिने आयोजक राखेपका प्रशाकीय अधिकृत सारङ्गी निरौलाले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेल पूर्वाञ्चल र मध्यमाञ्चल टिमबीच पहिलो खेल र मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल टिमबीच दोस्रो खेल हुने राखेपका बरिष्ठ क्रिकेट प्रशिक्षक सुनोज भट्टराईले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: