४२ महिलाको पाठेघरको निशुल्क शल्यक्रिया


प्रकाशित मिति :2017-03-03 15:03:12


शिवराज खत्री
अछाम । जिल्ला अस्पताल अछाममा छ दिन चलेको पाठेघर खसेका महिलाको निःशुल्क अप्रेसन शिविरमा पाठेघर खसेका ४२ महिलाको पाठेघरको अप्रेशन(शल्यक्रिया) गरिएको छ । शिविरमा अधिकांश ४० बर्ष उमेर माथिका महिला आएकोमा ३० बर्ष भन्दा कम उमेरका महिलाको समेत पाठेघरको अप्रेशन गरिएको जनाइएको छ । शिविरमा बाजुराबाट ८–१० दिनको सुत्केरी समेत पाठेघर खसेर सेवा लिन आएको चिकित्सकले बताए ।

फागुन १४ देखि १९ गतेसम्म संचालित शिविरमा दुई देखि १६ जना बच्चा जन्माएका महिलाले सेवा लिएका थिए । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल र कोहोलपुर मेडिकल कलेजद्धारा आयोजित शिविरमा एचआईभी संक्रमित, हेपाटाईटीस बी, ब्लड ग्रुप नेगेटीभ भएका १० महिलालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको शिविरका व्यवस्थापक राम बहादुर मल्लले जानकारी दिनुभयो ।

कम उमेरमै बिहे गर्नु, छिटो बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम हुनु, गर्भवती तथा सुत्केरी अवस्थामा आरामका साथै पोषिलो खानेकुरा खान नपाउनु जस्ता कारणले ग्रामिण क्षेत्रमा प्राय महिलाको पाठेघर खस्ने समस्या रहेको डाक्टर प्रभात रिजाल बताउनुहुन्छ ।

यस अघि बाजुरा जिल्ला अस्पतालमा संचालित शिविरमा ३० महिलाको पाठेघरको अप्रेशन गरिएको मल्लले जानकारी दिए । बाजुरामा पाठेघर खसेका महिलाको संख्या धेरै भए पनि रोग लुकाएर बस्ने प्रचलनले गर्दा अप्रेशन गर्न आउने महिलाको संख्या ज्यादै न्यून रहेको चिकित्सकहरु बताउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: