मनोरञ्जन क्षेत्रका महिला हिंसाको चपेटामा


प्रकाशित मिति :2017-03-04 09:48:27

 तारा भण्डारी

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरिरहदाँ नेपाली समाजमा धेरै महिलाहरु विभिन्न खालको हिंसा र दुव्र्यवहार सहन बाध्य छन् ।

अन्तराष्ट्रिय नारी दिवसको अर्थ र औचित्यको वारेमा न त उनिहरुलाई केहि थाहा छ न त यस्ता दिवसले ति महिला तथा किशोरीहरुको जिवनमा कुनै परिवर्तन नै ल्याउन सकेको छ ।

महिला माथि हुने हिंसा र दुव्र्यवहारको कुरा गर्दा मनोरञ्जनका क्षेत्रहरु क्याविन डान्सवार, मसाजमा काम गर्ने महिलाहरु पनि व्यवासायीक रुपमा यौन दुव्र्यवहारमा परिरहेका छन् । आर्थिक लेनदेन तथा अन्य कुनै किसिमबाट फाईदा लिनको लागि व्यक्तिलाई व्यवसायिक रुपमा यौनजन्य कार्यमा संलग्न गराउने कार्य व्यवसायिक यौन शोषण हो । जसमा डरत्रास, छलछाम, धोका, बल वा शक्तिको प्रयोग कारक हुन् । यस्तो कार्यमा महिला स्यम आर्थिक, मानसिक र भौतिक रुपमा शोषित भएको हुन्छ र उसको मानवअधिकार पुर्ण रुपमा हनन् भएको हुन्छ ।

महिलामाथि हुने व्यवसायिक यौन शोषणको कुरा गर्नुपर्दा राजधानि भित्र रहेका मनोरन्जनको क्षेत्रहरु क्याविन, डान्सवार, दोहोरी, मसाज पार्लर आदिमा काम गर्ने महिलामाथि अत्याधिक यौन शोषण हुने गरेको छ ।

 मनोरन्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरुलाई श्रमिकको रुपमा नहेरी उपभोग्य साधनको रुपमा हेरिदा त्यहाँ कार्यरत महिलाहरु त्यस्ता यौनजन्य शोषण तथा दुव्र्यवहारमा परेका छन् ।

यस्तो क्षेत्रमा काम गर्ने महिलालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने हुदा उनीहरु अन्यायमा परेपनि आफ्नो अधिकारको लागि कतै आवाज उठाउन सक्दैनन् । जसले गर्दा उनिहरु व्यवसायी तथा ग्राहकहरुबाटै दुव्र्यवहार सहन बाध्य छन् ।

अन्र्तराष्टिय श्रम संगठन (आईएलओ) ले सन् २००८ मा गरेको अध्ययन अनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले रोजगार सुरु गर्दा सत् प्रतिशतले नियुक्तिपत्र नपाएको तथ्याक सार्वजनिक गरेको थियो । त्यस्तै शक्ति समुहले गरेको एक अध्ययनले पनि ९९ प्रतिशत त्यस्ता महिला कामदारले नियुक्ति पत्र नपाएको उल्लेख गरेको थियो । यसले के देखाउछ भने मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई विना नियुक्तिपत्र काममा लगाईनु, कार्यस्थलमा उनीहरुको सुरक्षाको ग्यारेन्टि नुहनु, उनिहरुमाथि हिंसा गर्नेलाई राज्यले कानुनी कारवार्ही गर्न नसक्नु जस्ता कारणले अन्य क्षेत्रमा भन्दा सो क्षेत्रमा काम गर्ने महिलाहरु बढि मात्रामा हिंसामा परेका हुन् ।

ओरेकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७१/७२ मा दर्ता भएका १ हजार ९ सय ३० वटा हिंसाका घटना मध्ये ९६ जना बलात्कारको शिकार भएको र ७५ जना यौन शोषणको शिकार भएको पाईन्छ । संसारमा लगभग मानव बेचविखन तथा ओसारपसार अपराधबाट अनुमानित १ अर्व २५ करोड डलर जति बार्षिक लेनदेख हुन्छ । जसमध्ये अनुमानित ४० प्रतिशत भन्दा बढि यौन कारोवार गर्ने स्थलमा लेनदेन हुन्छ ।

आर्थिक कारोवारको हिसावले मानव बेचविखन अवैध हतियारको कारोवार भन्दा अगाडि विश्वको दोस्रो ठुलो संगठित अपराधको रुपमा रहेको छ । यसको बढ्दो स्वरुप हेर्दा आगामि ५ वर्षमा लागु औषधको कारोवारलाई समेत उछिन्ने देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा मानव बेचविखनको यथार्थ तथ्याङ्क राख्ने व्यवस्थित प्रणाली हालसम्म विकास भएको छैन । जसले गर्दा यसको वास्तविक चित्रण गर्न अत्यन्तै गाह्रो छ ।
मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्नको लागि सर्वोच्च अदालतले जारि गरेको निर्देशिका २०६५ मा कामदार व्यवसायी तथा ग्राहकको काम कर्तव्य तथा अधिकारको वारेमा उल्लेख छ ।

उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा सो क्षेत्रका महिला तथा किशोरीहरु हरेक दिन हिंसा तथा दुव्र्यवहार सहन बाध्य भएका हुन् । यसैगरी हामीसगँ कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रण ऐन पनि छ । जसले कार्यस्थलमा हुने सवै प्रकारको यौन दुव्र्यवहारलाई समेट्छ । तर सबै मनोरन्जन व्यवसायहरु कानुनी रुपमा दर्ता नभई संचालन गरिएको हुदा यसले मनोरन्जन क्षेत्रमा हुने यौनजन्य हिंसालाई समेट्न सक्दैन ।

यसका साथै महिला माथिको हिंसा सम्वन्धि उजुरी गर्न जादा प्रहरीबाट असहयोग हुने, पिडकलाई राजनैतिक संरक्षण गर्ने जस्ता समस्याहरु पनि छन् । यस्ता मुद्धाहरुमा राजनितिकर्मि, सरकारी निकाय र सरोकारवाला संघसंस्थाहरु उदासिन रहनुले पनि महिला माथि व्यवसायिक रुपमा हुने यौन दुव्र्यवहार घट्नुको सट्टा बढ्दै गएको देखिन्छ ।

तसर्थ मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्न र त्यहाँ काम गर्ने महिला श्रमिकमाथि हुने यौन दुव्र्यवहारका घटनालाई कम गर्न भएका ऐनको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्ध सवै निकाय गम्भिर बन्न जरुरी छ ।
भण्डारी विश्वास नेपालका अध्यक्ष हुनुहुन्छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: