पूर्वाञ्चल र पश्चिमाञ्चल विजयी


प्रकाशित मिति :2017-03-04 10:37:41

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुनसरी । इटहरीमा हिजोबाट शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा पूर्वाञ्चल बिजयी भएको छ ।

डिभीएम स्कूलको क्रिकेट मैदानमा भएको खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाइ ७७ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय २४ रन बनायो ।

१ सय २५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको मध्यमाञ्चलले १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ४७ रन मात्र बनाउन सक्यो । यस्तै आजै सम्पन्न दोसो्र खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६ विकेटले पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा स्थानीय इटहरी क्रिकेट एकेडेमीको ब्यवस्थापनमा संचालित प्रतियोगिता यही फागुन २५ गतेसम्म जारी रहनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: